काठमाडौं । कोरोना संक्रमण पुष्टि भएर उपचाररत पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको बुधबार निधन भएको छ ।
कोरोना संक्रमण र निमोनिया भएकी ५९ बर्षीया सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान करिब साँढे ६ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
उनी १५ दिनदेखि भेन्टिलेटरमा थिईन् । दाङमा भएका बेला श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनी १० बर्षअघिदेखि माइस्थेनियाबाट पीडित थिईन् ।
पूर्वसभामुख महरा र सीता २०३५ सालमा विवाह बन्धनमा बाधिएका थिए । उनीहरुका दुई छोरा र दुई छोरी छन् ।