मोरङ । मोरङका दुई बेग्लाबेग्लै स्थानमा भएका बलात्कारका घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । बलात्कार आरोपमा बेलबारी–३ का सुकमान तामाङ, चक्रबहादुर चौधरी र ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय जुमेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
कात्तिक १३ गते राति साढे ११ बजे बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा तामाङले चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार भएका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले दुबै जनालाई सोमबार पक्राउ गरेको हो ।
यस्तै सोही दिन दिउँसो करिब साढे ३ बजे ग्रामथानका सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार भएका थिए । उनलाई पनि सोमबार पक्राउ गरी कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।