सुनको भाउ एकैदिन तोलामा ३४ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९८ हजार २ सय रुपैयाँले कारोबार भईरहेको सुनको भाउ मंगलबार ह्वात्तै घटेको हो ।
भाउ घटेर मंगलबार तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार २ स...



























