प्रदेश १ मा थपिए २१७ कोरोना संक्रमित
विराटनगर । प्रदेश १ मा शनिवार २१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३ र धनकुटामा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैंचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२, केराबारी, रंग...



























