संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । कोरोना संक्रमण पुष्टि भएकी इटहरी उपमहानगरपालिका–६ की ९ बर्षीया बालिकाको बुधबार मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब साँढे ३ बजे बालिकाको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि मंगलबार प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनको संक्रमण पुष्टि भएको दुई दिन भित्रै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान धरान–१ की ६१ बर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!