संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुली सोमबार कोरोनामुक्त भएका छन् । संक्रमण पुष्टि भएको १३ दिनपछि सांसद पराजुली कोरोनामुक्त भएका हुन् ।

Advertisement

कात्तिक ४ गते पराजुलीसहित उनका सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जना एकैदिन कोरोनामुक्त भएका हुन् । बिराट मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको सांसद पराजुलीले जानकारी दिए ।

संक्रमण अवधिमा स्वास्थ्यमा समस्या देखिएपछि सांसद पराजुली बिराट मेडिकल कलेजको आईसियूमा भर्ना भएका थिए । आईसियूमा पाँच दिनको उपचारपछि उनी डिस्चार्ज भएर धनकुटास्थित घर फर्किएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । नेकपाका नेतासमेत रहेका सांसद पराजुली धनकुटा क्षेत्र नंं.२ का निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!