संगालोखबर सम्वाददाता

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक रेडियोग्राफरको कोरोना संक्रमणका कारण मृत्यु भएपछि प्रतिष्ठानको रेडियोलोजी विभागका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

स्वास्थ्य सुरक्षाको माग गर्दै उनीहरु प्रतिष्ठानको रेडियोलोजी विभाग बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण प्रतिष्ठानको ल्याबसहित रेडियोलोजी बिभागका सबै सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । मृतक रेडियोग्राफर सिकिस्त बिरामी परेर इर्मजेन्सीमा भर्ना भएका बेला पनि आइसीयू नपाएको भन्दै उनीहरुको आक्रोस पोखेका छन् ।

कोरोना संक्रमित रेडियोग्राफरको ईमर्जेन्सीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई एक दिनको अन्तरमा दुई खालको पीसीआर रिपोर्ट दिइएको भन्दै प्रतिष्ठानकै कर्मचारीले कोरोना परीक्षणको विश्वसनीयतामाथि नै प्रश्नसमेत उठाएका छन् ।

संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आउने रेडियोलोजीका अन्य कर्मचारीहरुलाई मास्क, ग्लोब्स, पीपीईलगायत सामग्रीसमेत नदिईएको भन्दै कर्मचारीहरु आक्रोसित भएका छन् ।

अस्पतालको व्यवस्थापनका कर्मचारीलाई सेनिटाइजर, पञ्जा लगायत दिइएको भएपनि कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेनलाई स्वास्थ्य सुरक्षाका सामाग्री नदिईएको भन्दै उनीहरुले बिरोध जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!