रासस
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । २९ वर्षीय होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि ०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ । स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरका अन्य भागमा हान्दा सोमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!