संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनामा कार्यरत सिमरा जितपुर उप-महानगरपालिकाका ३६ बर्षीय टिपर चालक सम बहादुर तामाङको मृत्यु भएको हो ।

गएराती करिव ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कदै गरेको ना.८ ख ४९९५ नम्बरको टिपर दुर्घटना भएको थियो । टिपर सडकबाट करिव ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!