संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० बर्षीय भुपाल मोक्तान छन् ।

भरुवा बन्दुक देखाएर गाउँलेलाई आतंकित पारेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement

प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले घरबाटै मोक्तानलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट १ थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!