संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर म्याङलुङ–९ सम्फरजुङ का ४१ बर्षीय बासुदेव लिम्बुको मृत्यु भएको हो ।

बुधबार साँझ स्थानीय जंगलबाट दाउरा लिएर घर फर्कने क्रममा भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!