रासस

पाँचथर । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्रयाक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो ।

Advertisement

फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत रहेका छन् ।

आज आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा संक्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत सङ्क्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरेका छन् ।

पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् । पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २४ पुगेको छ ।

मङ्गलबार मात्रै मिक्लाजुङका एक जनामा सङ्क्रमण देखिएको थियो । जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा संक्रमण देखिए पनि पछिल्लो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!