झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा अबैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ बाट ७ लाख २१ हजार मूल्य बराबरको अबैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, मोटर पार्टस लगायत बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध सामान फेला पारेर बरामद गरेको हो । बरामद भएको सामान प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।