संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा मंगलबार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २/२, पाँचथर, भोजपुर र तेह्रथुममा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५/५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २/२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १/१ जनाको रिपोर्ट पाजिटिभ आएको छ । सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुहबीमा १/१ जना संक्रमित थपिएका छन् । झापाको दमकमा ३१, बिर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५/५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमल गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।

यता उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलेका १/१ जनामा पनि संक्रमण देखिएको हो । त्यस्तै धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुर र तेह्रथुमको म्याङलुङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार १५४ पुगेको छ ।

प्रदेश १ मा आज १६० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । वि.जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आईसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आईसोलेसन सुनसरीबाट १९ जना निको भएर डिस्चार्ज भएका हुन् । त्यस्तै विराट मेडिकल कलेज र गढी आईसोलेसन केन्द्रबाट १४/१४, जिल्ला अस्पताल संखुवासभाबाट ७, रुम्झाटार आईसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट १/१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ७३६ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!