धनकुटा । धनकुटाको भेडेटारबाट अबैध खैनीसहित एक व्यापारी पक्राउ परेका छन् । इटहरीबाट अबैध खैनी बोकेर धनकुटातर्फ आउँदै गरेका इटहरी–१६ पकलीका १९ बर्षीय धर्मैन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नं. १–०२–०४२ प.२५२७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका बेला चेकजाच गर्ने क्रममा शाहको साथबाट ५० प्याकेट अबैध खैनी फेला परेकाले उनलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले बताए ।
व्यापारी शाहले धनकुटाका पसलहरुलाई बिक्रि गर्नका लागि खैनी ल्याउँदै गरेको बताईएको छ । दुई वटा बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा अबैध खैनी बरामद भएको हो ।
मोटरसाईकल र खैनीसहित शाहलाई कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय धरानमा बुझाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।