संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उपमेयर अधिकारीमा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उपमेयर कार्कीले बुधबार स्वाब दिएकी थिईन् । पीसीआर परीक्षण गर्दा बिहिबार उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले धनकुटास्थित होम आईसोलेशनमा रहेकी उपमेयर अधिकारीमा सामान्य स्वास्थ्य समस्या देखिएको छ ।

अहिले घाँटी र छाती दुख्ने समस्या रहेको उपमेयर अधिकारीले जानकारी दिईन् । ‘घाँटी र छाती अलिअलि दुखिरहेको छ । अरु खासै समस्या देखिएको छैन ।’ उपमेयर अधिकारीले भनिन्–‘केही दिन यता स्वाद र गन्ध पनि थाहा हुन छोडेको छ ।’

संक्रमण पुष्टि भएपछि उपमेयर अधिकारीले केही दिनयता आफुसँग सम्पर्कमा पुगेकाहरुलाई सावधानी अपनाउँन सामाजिक सञ्जालमार्फत आग्रहसमेत गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!