पथरीमा सिटी सफारीको ठक्करबाट ४ बर्षीया बालिकाको मृत्यु

पथरीमा सिटी सफारीको ठक्करबाट ४ बर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित भित्रि सडक खण्डमा सिटी सफारीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय आन्न राईकी ४ बर्षीया छोरी सिहाङ छिन् । मंगलवार दिउँसो सवा ३ बजे सडक पार गर्दै गरेको अवस्थामा प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले ठक्कर दिएको थियो । सफारीको ठक्करबाट उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम ल्य...
बेलवारीको जंगलमा महिलाको शव फेला

बेलवारीको जंगलमा महिलाको शव फेला

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएकी महिलाले अधबैंसे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार निलो-सेतो रङ्गको बुट्टे कुर्ता र रात...
प्रदेश १ का दुईसहित आठ जिल्लामा अनलाइनबाटै भर्न सकिन्छ मतदाता नामावली फारम

प्रदेश १ का दुईसहित आठ जिल्लामा अनलाइनबाटै भर्न सकिन्छ मतदाता नामावली फारम

विराटनगर । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य मंगलवारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए । अ...
नोबेलले ‘टोकन सिस्टम’ सुरु गरेपछि हट्यो पुर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता

नोबेलले ‘टोकन सिस्टम’ सुरु गरेपछि हट्यो पुर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । विरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो । अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । त्यहाँ विरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमा आफ्नो नम्बर देखाएपछि काउन्टरमा ...
सबैलाई समेट्ने साझा नाम राख्नुपर्छ: नेता पोखरेल

सबैलाई समेट्ने साझा नाम राख्नुपर्छ: नेता पोखरेल

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेश १ को नामकरण गर्दा सबैलाई समेट्ने गरी साझा नाम राख्नुपर्ने बताएका छन् । प्रेस चौतारी प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । नेकपा एमाले साझा नाम राख्नुपर्ने पक्षमा रहेको भन्दै उनले प्रदेशको नामले यहाँका सबै समुदायलाई समेट्न सक्नुपर्ने धारणा राखे । ‘एमालेको धारणा प्रदेशको नाम सबै...
बीपीका पूर्वउपकुलपति रौनियारको निधन

बीपीका पूर्वउपकुलपति रौनियारको निधन

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ । भारतको कोलकातास्थित एक अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ५६ बर्षको उमेरमा रौनियारको निधन भएको हो । सुनसरीको दुहबी–५ घर भएका रौनियारलाई उपचारका लागि कोलकाता लगिएको थियो । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । सन् १९९३ देखि उनी रेडियोलोजिस्टका रूपमा बीपीमा प्रवेश गरेका थिए...
शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन महालक्ष्मी नगरको निर्देशन, नटेर्नेलाई हटाइने

शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन महालक्ष्मी नगरको निर्देशन, नटेर्नेलाई हटाइने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन निर्देशन दिएको छ । नगर सभाको निर्णय अनुसार महालक्ष्मी नगरले शिक्षकहरुलाई दलमा आवद्ध नहुँन निर्देशन दिएको हो । गत असार २० गते बसेको महालक्ष्मी नगर सभाको नवौं बैठकले शिक्षकहरु राजनीतिक दलमा आवद्ध हुन नपाउँने निर्णय गरेको थियो । सोही बमोजिम नगरले सोमबार नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरुलाई प...
प्रदेश नामकरण सकसपूर्ण बन्ने संकेत, आन्दोलन चर्काउन उक्साउँदै मुख्यमन्त्री

प्रदेश नामकरण सकसपूर्ण बन्ने संकेत, आन्दोलन चर्काउन उक्साउँदै मुख्यमन्त्री

विराटनगर । प्रदेश १ को नाम ‘किरात’ राख्नका लागि दवाव सृजना गर्न मुख्यमन्त्री राजेन्द्र कुमार राईले नै पहिचान पक्षधरहरूलाई आन्दोलनका लागि उक्साउने काम गरिरहेको खुलासा भएको छ । किरात प्रदेश नामकरणका लागि किरात राई यायोक्खाको अगुवाइमा सोमबार विराटनगरमा गरिएको दवावमुलक आन्दोलनका क्रममा जातीय सङ्घसंस्थाका नेताहरूले नै यो कुरा खुलासा गरेका हुन् । किरात प्रदेश नामकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय ...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम–१ का २७ बर्षीय प्रकाश गुरुङ र पाँचथरको फिदिम नगरपालिका–८ का २१ बर्षीय लक्षुमान तामाङ छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथ...
दिक्तेल बजारमा भेटियो पेट्रोलको गन्ध आउने ड्यु, प्रशासनले गर्यो जफत

दिक्तेल बजारमा भेटियो पेट्रोलको गन्ध आउने ड्यु, प्रशासनले गर्यो जफत

खोटाङ  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोल जस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् । साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेल बजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोतल जम्बो ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वालला...
धनकुटाबाट गाँजासहित पाँच जना पक्राउ

धनकुटाबाट गाँजासहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित फेदीबाट लागुऔषध गाँजासहित आइतवार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–५ का २० बर्षीय युसन राई, सहिदभूमि–४ का २२ बर्षीय पियुष राई, १९बर्षीय सन्तोष राई, सहिदभूमि–६ का १९ बर्षीय निकेश राई र तेह्रथुमको छथर गाउँपालिका–२ आङ्दिमका ३२ बर्षीय गोबिन्द लिम्बु छन् । दिउँसो करिव ४ बजे ट्राफिक प्रहरीसहित प्रहरी चौकी मुलघाटबाट खटिएको टो...
सरकारले भुक्तानी नदिँदा अस्पतालहरुले भटाभट बन्द गर्दै स्वास्थ्य बीमा उपचार

सरकारले भुक्तानी नदिँदा अस्पतालहरुले भटाभट बन्द गर्दै स्वास्थ्य बीमा उपचार

विराटनगर । स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गरेबापत सरकारले अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा निजी अस्पतालहरूले भटाभट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डमार्फत पाउनुपर्ने करोडौं रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बिमामार्फत गरिने उपचार सेवा बन्द गर्न थालेका हुन् । सोमबारबाट पूर्वका तीन ठूला निजी अस्पतालले यो सेवा बन्द गर्ने भएका छन् ...
नोबेल अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

नोबेल अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्वास्थ्य वीमा उपचार सेवा बन्द गर्ने भएको छ । स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि नोबेलले सोमबारबाट वीमा उपचार सेवा बन्द गर्न लागेको हो । नोबेल अस्पतालले आइतवार सूचना जारी गरेर आइतवार राती १२ बजेबाट वीमा मार्फतको उपचार सेवा बन्द गरिने जनाएको हो । स्वास्थ्य विमामार्फत उपचार गरेबा...
खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ

खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ

काठमाडौं । काठमाडौंको खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । इलामको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वेश्यागमनका लागि आउ...
धनकुटाको साँगुरीगढीका २८ परिवारले ४६ बर्षपछि पाए लालपूर्जा

धनकुटाको साँगुरीगढीका २८ परिवारले ४६ बर्षपछि पाए लालपूर्जा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, ओख्रे र तुङ्खाका २८ परिवारले ४८ बर्षपछि जग्गाको लालपूर्जा पाएका छन् । शनिबार नापी कार्यालय धनकुटाले डाँडाबजारमा कार्यक्रम गरी उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो । नापजाँचका क्रममा २०३३ सालमा जमिनको स्वामित्व गाँउब्लकको नाममा राखिएपछि ओख्रे र तरङ्खाका २८ घरपरिवार लालपूर्जा पाउनबाट बन्चित थिए । कार्यक्रममा भूमि व्यवस्था तथा गरीवी निवारण मन्त्री शशी श्रे...
विराटनगरबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ

विराटनगरबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ

विराटनगर । विराटनगरका विभिन्न स्थानबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २२ बर्षीय नविन माझी, विराटनगर–८ का २५ बर्षीय मोहमद हजरत, सुनसरीको दुहवी नगरपालिका–९ का १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिन छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरेर राखेको अवस्थ...
धरानका युवाहरुले सुरु गरे सरकारी गाडी दुरुपयोग गर्नेमाथि खबरदारी अभियान

धरानका युवाहरुले सुरु गरे सरकारी गाडी दुरुपयोग गर्नेमाथि खबरदारी अभियान

विराटनगर । विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेहरुमाथि धरानका युवाहरुले खबरदारी अभियान थालेका छन् । सरकारी गाडी दुरुपयोगको अनुगमनका लागि धरानको भानुचोकमा बसेर युवाहरुले शनिवारदेखि खबरदारी अभियान थालेका हुन् । अब हरेक सार्वजनिक विदाको दिन यसरी नै खबरदारी गरिने उनीहरुको भनाई छ । उनीहरुले सरकारी कर्मचारीदेखि मन्त्रीसम्मलाई पनि सार्वजनिक विदाको दिन सरकारी गाडी लिएर हिडडुल गर्नमा कडाई गरेका छन् । श...
खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाँउपालिका–५ शान्तिनगर गैरीगाँउमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २६ को बिकाश कुमाल छन् । प्र १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएको थियो । ट्याक्टर पल्टिदा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
आयोजना निर्देशकको कार्यालयद्वारा धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया

आयोजना निर्देशकको कार्यालयद्वारा धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया

धनकुटा । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आयोजना निर्देशकको कार्यालयले शुक्रबार धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । आयोजना कार्यक्षेत्रमा सञ्चालित आयोजनाहरुका बिषयमा ललितपुरको हरिहरभवनस्थित आयोजना निर्देशकको कार्यालयले सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको हो । सो कार्यालयले ६ प्रदेशका ३५ जिल्लामा पर्ने १ सय ७१ स्थानीय तहमा काम गर्दै आएको छ । आयोजनाले ग्रामीण उद्यमशीलता विक...
भेडेटार नजिक गुडिरहेको कारमा आगलागी

भेडेटार नजिक गुडिरहेको कारमा आगलागी

सुनसरी । धरान उपमहानगरपालिका–४ स्थित भेडेटार मुनी कोशी राजमार्गमा गुडिरहेको कारमा आज दिउँसो आगलागी भएको छ । धरानबाट भेडेटारतर्फ जाँदै गरेको बी आर ११ यू ४०४७ नम्बरको भारतीय कारमा दिउँसो करिब १ बजे आगो लागेको हो । उकालो सडकमा जाँदै गरेको कारको इन्जिनतर्फको भागबाट अचानक आगो निस्किएर आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक गजेन्द्र रायमाझीले संगालोखबरलाई बताए । कारमा ५ जना...
भन्सार छलेर ल्याइएको ३० लाख बराबरको कपडा बरामद

भन्सार छलेर ल्याइएको ३० लाख बराबरको कपडा बरामद

सुनसरी । भन्सार छलेर ल्याइएको ३० लाख रुपैयाँ बराबरको कपडा सुनसरीको देवानगन्ज गाउँपालिकामा बरामद गरिएको छ । को १ ख २१२९ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको हो । १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले गाडीसहित भन्सार छलेर ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्ने बितिक्कै मिनी ट्रकका चालक फरार भएका छन् ।...
मोरङको सुनवर्षीबाट लागुऔषधसहित दुई युवा पक्राउ

मोरङको सुनवर्षीबाट लागुऔषधसहित दुई युवा पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित नेपाल चौक छेउबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–५ का २१ बर्षीय विष्णु ऋषिदेव र २० बर्षीय अभिषेक ऋषिदेव छन् । गएराती साढे ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साइकलमा सवार उनीहरुलाई १५ ट्याब्लेट लागुऔषध नाइट्राजेपाम–१० र ट्रामाडोल १५० क्यापसुलसहित पक्राउ गरिएको हो । पक्राउ पर...
मेयर हर्क साम्पाङको प्रस्ताव: प्रदेश १ को नाम साझा राखौं

मेयर हर्क साम्पाङको प्रस्ताव: प्रदेश १ को नाम साझा राखौं

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले प्रदेश १ को नाम ‘साझा प्रदेश’ राख्न प्रस्ताव गरेका छन् । प्रदेशको नाममा धेरै तानातान भएको भन्दै उनले विवाद निम्तिएर हानाहान हुने स्थिति बन्नु भन्दा साझा प्रदेश राख्नु उपयुक्त हुँने प्रस्ताव गरेका हुन् । मेयर साम्पाङ्गले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रदेशको नामका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘प्रदेश नं.१ को नाम साझा प्रदेश...
विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर । वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन । उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने...
विराटनगरमा आगोले आधा घण्टामै रेस्टुरेन्ट खरानी

विराटनगरमा आगोले आधा घण्टामै रेस्टुरेन्ट खरानी

विराटनगर । विराटनगर महानगरपालिका–२ तीनपैनीस्थित नाङ्लो रेस्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको छ । आगोले जलेर रेष्टुरेन्ट पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट झण्डै एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ग्यास सिलिण्डरबाट आगो सल्कँदा दिउँसो करिब १ बजेबाट रेस्टुरेन्टमा आगलागी सुरु भएको थियो । आगो लाग्ने क्रममा करिब ६ वटा ग्यास सिलिन्डर बिस्फोट हुँदा छिटै आगो फैलिएर झण्डै आधा घ...
तरकारी किन्न बजार गएका युवा मृत फेला

तरकारी किन्न बजार गएका युवा मृत फेला

सिरहा । तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो । बुधबार अपरान्ह घरबाट प्र २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटर...
सुनसरीमा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीमा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौली स्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ...
धनकुटाका उद्यमीको गुनासै गुनासो

धनकुटाका उद्यमीको गुनासै गुनासो

धनकुटा । धनकुटाका उद्यमीहरुले लघु तथा घरेलु उद्यम गर्न धेरै समस्या रहेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले बुधबार हिलेमा आयोजना गरेको उद्यमी र सरोकारवालाहरुबीच उद्योग विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् । फर्निचर उद्योग व्यवसायीहरुले आवश्यक कच्चा पदार्थ ओसार्न समस्या भएको गुनासो गरे । त्यस्तै, कामदार अभाव हुदासमेत दक्ष जनशक्ति उत्प...
आज २०९ औँ भानु जयन्ती

आज २०९ औँ भानु जयन्ती

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकर...
आज गुरू पूर्णिमा

आज गुरू पूर्णिमा

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्र...
विराटनगरको राजश्व कार्यालयमा कर तिर्न पुगेका करदाता कंक्रिटले लागेर घाइते

विराटनगरको राजश्व कार्यालयमा कर तिर्न पुगेका करदाता कंक्रिटले लागेर घाइते

विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय भवनको माथिल्लो तलावाट कंक्रिट झरेर लाग्दा एक जना करदाता घाइते भएका छन् । मंगलवार बिहान करिब ११ बजे भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर विराटनगर–८ का दिवशरन मेहता घाइते भएका हुन् । विराटनगरको मेनरोडमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका मेहता कर तिर्न राजश्व कार्यालय पुगेका थिए । कार्यालय प्रमुखको पुरानो भवन मर्मत संभार भइरहेका बेला माथिबाट...
error: Content is protected !!