- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

काठमाडौं । काठमाडौंको खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । इलामको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वेश्यागमनका लागि आउने ग्राहकहरूसँग उनले प्रति ग्राहक १ हजार लिने गरेकी थिइन् ।

Advertisement

उनले नगद आफूले राखेर ती नाबालिगलाई खाना मात्रै खुवाएर जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेकी थिइन् । ती नाबालिकालाई जेठ १३ गते प्रहरीले उद्दार गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!