- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय भवनको माथिल्लो तलावाट कंक्रिट झरेर लाग्दा एक जना करदाता घाइते भएका छन् । मंगलवार बिहान करिब ११ बजे भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर विराटनगर–८ का दिवशरन मेहता घाइते भएका हुन् ।

Advertisement

विराटनगरको मेनरोडमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका मेहता कर तिर्न राजश्व कार्यालय पुगेका थिए । कार्यालय प्रमुखको पुरानो भवन मर्मत संभार भइरहेका बेला माथिबाट झरेको टुक्राले मेहतालाई लागेको हो । उनको टाउको र ढाडमा गहिरो चोट लागेको छ । न्यूरो अस्पतालमा घाइते मेहताको उपचार भइरहेको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

सरकारी कार्यालयमा असुरक्षित तवरले भवन मर्मतसंहारको काम गरिदा दुर्घटना भएको घाइते दिशरनका छोरा महेशले बताए । राजश्व कार्यालयको लापरबाहीले घटना भएको भन्दै उनले उपचार खर्च कार्यालयले नै बेहोर्नु पर्ने माग गरे ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख सुर्य प्रसाद पोखरेलले सुरक्षित तवरले मर्मत संभारको काम भइरहेको दावी गर्दै अकस्मत घटना हुन पुगेको तर्क गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!