- संगालोखबर सम्बाददाता

सिरहा । तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो ।

बुधबार अपरान्ह घरबाट प्र २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।

प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुनसक्ने अनुमान गरेको छ । तर घटना संकास्पद रहेकाले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए । घटनाको प्रकृति अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिए पनि आशंका गर्ने ठाउँ रहेको उनले जनाए।

घरबाट हिजै निस्केका भए पनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएका छन् । उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!