मुख्यमन्त्री राईलाई मातृशोक

मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारीको ८४ वर्षको उमेरमा सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो । श्वासप्रश्वास लगायत समस्याबाट ग्रसित आमा धनकुमारीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको मुख्यमन्त्रीका प्र...
श्रोत नखुलेको १० लाख रकमसहित दुई जना पक्राउ

श्रोत नखुलेको १० लाख रकमसहित दुई जना पक्राउ

झापा । सम्पत्ति श्रोत नखुलेको १० लाख भन्दा बढी रकमसहित झापाको मेचीनगर नगरपालिका–१५ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१५ निलकोठीका ३० वर्षीया अप्सरा राजबंशीको घर खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय र डिजिटल मिनी तराजु २ थान बरामद भएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी ...
खोटाङमा करेन्ट लागेर विद्युतकै कर्मचारीको मृत्यु

खोटाङमा करेन्ट लागेर विद्युतकै कर्मचारीको मृत्यु

खोटाङ । खोटाङमा विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवागढी–४ का ४० बर्षीय नबिन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो । आइतवार साँझ करिब ५ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ मा बिधुतको पोलमा लत्रिएको तार मिलाउने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनी गम्भीर घाइते...
धनकुटा प्रदेश (ख) को उम्मेदवारका लागि एमालेबाट ५ जनाको नाम सिफारिस

धनकुटा प्रदेश (ख) को उम्मेदवारका लागि एमालेबाट ५ जनाको नाम सिफारिस

धनकुटा । आसन्न प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले उम्मेदवारका लागि एक महिलासहित पाँच जना आकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो । नाम सिफारिस हुँनेहरुमा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांस...
धनकुटामा मोटरसाइकल जुध्दा दुई जना घाइते

धनकुटामा मोटरसाइकल जुध्दा दुई जना घाइते

धनकुटा । धनकुटा बजारमा आज बिहान दुई वटा मोटरसाइकल आपसमा जुध्दा दुई जना घाइते भएका छन् । बसपार्कबाट तमोरभ्याली स्कुलतर्फ जादै गरेको को.५ प ५६३५ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आँउदै गरेको को.२९ प २२२३ नम्बरको मोटरसाइकल बिहान करिब १०ः३० बजे तमोर भ्याली स्कुल नजिक आपसमा जुधेका हुन् । दुर्घटनामा परी को.२९ प २२२३ नम्बरको मोटरसाइकलका चालक सहिदभूमि गाउँपालिका–१ का ३५ वर्षीय रोसन खड्का र मोटरसाइकलको...
इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित कोशी लोकमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ का २८ वर्षीय लोमस दाहाल छन् । शुक्रवार साँझ करिव ८ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४६६२ नंम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५७२० नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट दाहाल र मोटरसाइकलमा पछाडि सवार इटहरी–५ का २...
धरानबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

धरानबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

सुनसरी । धरानबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ बाट स्थानीय ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाललाई प्रहरीले पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुले प्रयोग गर...
सुनसरीमा नुहाउँने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

सुनसरीमा नुहाउँने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–४ की ३६ बर्षीया शोभा खड्का र १४ बर्षीया सलिना खड्का छन् । बिहिबार बिहान करिब १० बजे नहरमा नुहाउँने क्रममा घटना भएको हो । पानीमा डुबेकी शोभालाई अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए...
मोरङ, सुनसरी र झापाका तीन फरार प्रतिवादी पक्राउ

मोरङ, सुनसरी र झापाका तीन फरार प्रतिवादी पक्राउ

बिराटनगर । मोरङ, झापा र सुनसरीका तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समूहको प्रहरी टोलीले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको शिवसताक्षी–८ का ३७ बर्षीय दिप्सन लावती, मोरङको सुन्दरहरैचा–७ का २५ बर्षीय सुरज परियार र सुनसरीको धरान–४ का ४९ बर्षीय महेन्द्र बहादुर थापालाई प्रहर...
प्रदेश १, प्रदेश सभाको यो कार्यकालको अन्तिम बैठक आज बस्दै, पाएन प्रदेशले नाम

प्रदेश १, प्रदेश सभाको यो कार्यकालको अन्तिम बैठक आज बस्दै, पाएन प्रदेशले नाम

विराटनगर । प्रदेशको नामकरण नगरी प्रदेश १ को प्रदेश सभाको कार्यकाल सकिने निश्चित भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकपछि आजै राति १२ बजेबाट चालु अधिवेशन अन्त्य हुने बताइएको छ । प्रदेशको राजधानी टुंगो लगाएपनि नाम भने राख्न नसकी प्रदेश सभाको पाँच वर्षे कार्यकाल अन्तिम क्षणमा पुगेको हो । पाँच वर्षे अवधिमा तीन वटा मुख्यमन्त्...
विराटनगरमा चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटना

विराटनगरमा चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटना

विराटनगर । विराटनगर महानगरपालिका–२ तीनपैनी चोक छेउमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटना भएको छ । विराटनगर–३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो । दुर्घटना हुँदा दुबै सवारीमा सामान्य क्षति भएको छ । सुमो लिएर भाग्ने अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनी नसामा रहेको प्रहरीले जनाएको छ । उनले आफ्नो नाम पनि फेरिरहेका छन...
धनकुटामा सुनिलबहादुर थापालाई उम्मेद्वार बनाउँन कांग्रेसको सिफारिस

धनकुटामा सुनिलबहादुर थापालाई उम्मेद्वार बनाउँन कांग्रेसको सिफारिस

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट सुनिलबहादुर थापालाई उम्मेदवार बनाउँन सिफारिस गर्ने निर्णय गरेको छ । कांग्रेसको क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिसहितको आज बसेको संयुक्त बैठकले पार्टीका केन्द्रिय सदस्य थापालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि केन्द्रिय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । नेता थापालाई सर्वसम्मत रुपमा उ...
खोलामा डुबेर धरानका युवाको मृत्यु

खोलामा डुबेर धरानका युवाको मृत्यु

सुनसरी । पौडी खेल्ने क्रममा खोलामा डुब्दा धरानका एक युवाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान उप–महानगरपालिका–६ का २३ बर्षीय इशान बहादुर कार्की छन् । बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा कार्की डुबेका हुन् । उनलाई साथीहरुले देखेर उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याउनासा...
खुर्कोटमा खुल्यो कुमारी बैंकको शाखा

खुर्कोटमा खुल्यो कुमारी बैंकको शाखा

काठमाडौं । सिन्धुलीको खुर्कोटमा कुमारी बैंकले शाखा विस्तार गरेको छ । व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउँन खुर्कोट शाखा उद्घाटन गरिएको कुमारी बैंकले जनाएको छ । शाखा कार्यालय उद्घाटन गरेर आजबाट बैंकिङ सेवा प्रदान गर्न थालिएको हो । योसँगै अब देशभर कुमारी बैंकका १९८ शाखा भएका छन् । १९८ शाखासहित १९४ एटीएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ ...
धनकुटाका सांसद राईद्वारा मुढेबास र ६ नं. बुधबारेमा विद्यालय भवन उद्घाटन

धनकुटाका सांसद राईद्वारा मुढेबास र ६ नं. बुधबारेमा विद्यालय भवन उद्घाटन

धनकुटा । चौबिसे गाउँपालिका–१ मुढेबासको सरुगाउँस्थित मुढेबास माध्यमिक विद्यालय र छ नं.बुधबारे–१ स्थित शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । दुवै विद्यालयमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले रिबन काटेर विद्यालय भवन उद्घाटन गरेका हुन् । दुवै भवन उद्घाटन गर्दै सांसद राईले आफूले पहल गरेर विद्यालयमा नयाँ भवन निर्माण गर्न सफल भएको प्रति खुशी व्यक्...
भन्सार छलेर ल्याएको ३७ लाखको सामान विराटनगरमा बरामद

भन्सार छलेर ल्याएको ३७ लाखको सामान विराटनगरमा बरामद

मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट ३७ लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्बरको ट्रयाक्टरमा अवैध सामाग्री फेला परेको हो । ट्याक्टरमा बिभिन्न प्रकारका मोटर पार्टसहरु छन् । भन्सार नतिरी भारतबाट ल्य...
उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो । निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक आचारसंहिता प्रकाशित भए पनि आयोगले तोकेको मिति र क्षेत्रमा मात्रै लागू हुनेछ । ‘आचारसंहिता...
धनकुटामा मोति जयन्तीको अवसरमा ‘गजल महफिल’

धनकुटामा मोति जयन्तीको अवसरमा ‘गजल महफिल’

धनकुटा । ‘गजल महफिल’ आयोजना गरेर आइतवार धनकुटामा १५७ औं मोति जयन्ती मनाइएको छ । मोति जयन्तीको अवसर पारेर जिल्ला युवा समितिले गजल महफिल आयोजना गरेको हो । महफिलमा चार जना गजलकारले गजल बाचन गरे । मोरङमा बसेर सहित्यमा कलम चलाउदै आएका गजलकार जीवि गजल, धनकुटाको पाख्रीबासमा बसेर गजलमा कलम चलाउदै आएका गजलकार अनन्त अनुराग, ध्रुब एलेक्स र याक्थुम्बा कान्छाले गजल प्रस्तुत गरेका थिए । गमलामा रोपिएको फूल...
सुन्दरहरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित राजमार्गमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैंचा–४ का २९ बर्षीय कुमार राई छन् । दिउँसो करिव सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला...
धनकुटामा गठबन्धनले मलाई टिकट दिन्छ: रकम चेम्जोङ

धनकुटामा गठबन्धनले मलाई टिकट दिन्छ: रकम चेम्जोङ

धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य रकम चेम्जोङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा गठबन्धनका तर्फबाट जसपाले टिकट पाउने दाबी गरेका छन् । प्रेस मञ्चले आइतबार धनकुटामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता चेम्जोङले गठबन्धनले आफुलाई उम्मेदवार बनाउँने दावी गरेका हुन् । जसपा प्रदेश १ का इन्चार्जसमेत रहेका नेता चेम्जोङले गएको स्थानीय चुनावमा गठबन्धन गरे...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । शनिवार दिउँसो करिव सवा १ बजे इटहरीबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५००१ प ७४८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटसाइकल चालक कटारी नगरपालिका–४ कान्छी बजारका २४ वर्षीय अभिषेक खड्का र मोटरसाइकलमा सवार उनकी श्रीमती २० वर्षीया संजिता ...
मुख्यमन्त्री राईलाई सुनसरी क्षेत्र नं.१ बाट उम्मेद्वार बनाउँन सिफारिस

मुख्यमन्त्री राईलाई सुनसरी क्षेत्र नं.१ बाट उम्मेद्वार बनाउँन सिफारिस

विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र ...
छुरा हानेर श्रीमतीको हत्या

छुरा हानेर श्रीमतीको हत्या

झापा । झापामा एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–६ चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले उनकी ३५ वर्षीया श्रीमती तालामई हस्दालाई छुरा हानेर हत्या गरेका हुन् । शुक्रबार राती करिव १० बजे मादक पदार्थ सेवन गरेर घर आएका नाइकेले श्रीमतीमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा लाग्दा घटनास्थलमै तालामईको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने नाइके फरार ...
लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको ११ बर्षसम्म पनि बनिसकेन पक्की पुल

लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको ११ बर्षसम्म पनि बनिसकेन पक्की पुल

पाँचथर । लुबुघाटस्थित तमोर नदीमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्षित गर्दै उनले पसल र होटेल पनि खोले । मोटरेबल पुल बनेपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको संख्या अझै बढेर व्यवसाय फस्टाउँने बुढाथोकीको अपेक्षा थियो । नाबालक छोरो लिएर स्यावरुम्बाबाट...
धनकुटामा थपिए २८ सय मतदाता

धनकुटामा थपिए २८ सय मतदाता

धनकुटा । धनकुटामा २ हजार ८ सय भन्दा बढी मतदाता थपिएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि २ हजार ८ सय २६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले शुक्रबार सरोकारवालाहरूसँग गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । गत स्थानीय तह निर्वाचनमा धनकुटामा १ लाख १५ हजार ९ सय ६४ जना मतदाता थिए । थप भएपछि अब १ लाख १८ हजार ७ सय ९० मतदाता भएका छन् । धनकुटामा...
विराटनगरमा सौन्दर्यकर्मीले मनाए तीज

विराटनगरमा सौन्दर्यकर्मीले मनाए तीज

विराटनगर । विराटनगरमा सौन्दर्यकर्मीहरुले तीज पर्व मनाएका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरको आयोजनामा तीज बिशेष कार्यक्रम गरिएको हो । तीज विशेष नृत्य प्रतियोगिता, १६ शृङ्गार र म्युजिकल चेयर प्रतियोगिता गरिएको छ । १६ श्रृंगार प्रतियोगितामा रश्मी कामत बिजयी भइन् । प्रतियोगितामा १२ सौन्दर्यकर्मी सहभागि थिए । म्युजिकल चियरमा आरती कामत प्रथम बनिन् । रन्जु श्रेष्ठले नृत...
उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–१० सोताका ६० वर्षीय फौद बहादुर श्रेष्ठ छन् । मंगलवार राती करिव ९ बजे घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखेर घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए । भीरबाट करिव २०० मिटर तल लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शव पोष्टमार्टमका लागिा कटारी अस्पताल लगिएको छ ।
मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि ...
धनकुटाबाट धमाधम खेलाडी छानिदै

धनकुटाबाट धमाधम खेलाडी छानिदै

धनकुटा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौटको काम भइरहेको छ । जिल्ला खेलकुद विकास समितिले छनौट खेलहरू सञ्चालन गरेर खेलाडी छान्ने काम गरिरहेको हो । धनकुटाको तल्लो टुँडिखेल, कभर्ड हल लगायतमा छनौट खेल सञ्चालन भइरहेका छन् । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कब्बडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल लगायत १३ खेलका खेलाडी छनौटको क...
सप्तकोशीमा डुबेर बालकको मृत्यु

सप्तकोशीमा डुबेर बालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तकोशीको भंगालोमा डुब्दा बराहक्षेत्र–९ राजाबासका १२ बर्षीय अमर माझीको मृत्यु भएको हो । उनी राजावासस्थित सरस्वति मा.बि.को कक्षा ६ मा अध्ययनरत थिए । बुधबार स्कूलमा टिफिन भएका बेला सप्तकोशी नदीको भंगालोमा पौडी खेल्न पुगेका माझी त्यही डुबेका हुन् । उनलाई नदीबाट उद्धार गरेर उपचारका लागि चक्रघट्टीस्थित न...
भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

विराटनगर । भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् । उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको...
error: Content is protected !!