एमाले धनकुटाले बनायो २३ बुँदे भावी योजना

एमाले धनकुटाले बनायो २३ बुँदे भावी योजना

धनकुटा । नेकपा एमाले धनकुटाले २३ बुँदे भावी कार्ययोजना निर्माण गरेको छ । एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकले पार्टीको भावी कार्ययोजना तय गरेको हो । अधिवेशनहरु गर्ने, संगठन विस्तार गर्ने, सदस्यता वृद्धि गर्ने, पार्टी कार्यालयहरू निर्माण गर्ने, जनसरोकारका विषय केन्द्रित काम गर्ने लगायत विषयलाई प्राथमिकता दिएर एमालेले भावी योजना निर्माण गरेको छ । २०८१ जेठ महिनाभित्र पार्टीको...
धनकुटाका रिजन र खोटाङका रुद्रले पारे हाउजीमा मोटरसाइकल

धनकुटाका रिजन र खोटाङका रुद्रले पारे हाउजीमा मोटरसाइकल

धनकुटा । धनकुटा बसपार्कमा आज साँझ खेलाइएको हाउजी विंगो खेलमा एकैसाथ दुई जनाले हाउसफुल गरेर मोटरसाइकल पुरस्कार जितेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मूर्तिढुंगा घर भई धरान बस्दै आएका रिजन लिम्बू र खोटाङ घर भई धनकुटा बस्दै आएका रुद्रप्रसाद फुँयालले हाउसफुल गरेका हुन् । देउराली युवा क्लबले ३ सय रुपैयाँका दरले टिकट बिक्री गरेर खेलाएको हाउजीमा हाउसफुल गर्नेलाई १५० सीसीको पल्सर मोटरसाइकल पुरस...
भूकम्प प्रभावित क्षेत्रमा विशिष्टको लावालस्करले आतंक मच्चायो: नेता पोखरेल

भूकम्प प्रभावित क्षेत्रमा विशिष्टको लावालस्करले आतंक मच्चायो: नेता पोखरेल

धनकुटा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन् । प्रेस चौतारी धनकुटाले आज जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको बताएका हुन् । राहत लिएर जाने भन्दा पनि रमिता हेर्न जाने क्रम ...
पर्यटन प्रवर्द्धन गरेर धनकुटालाई समृद्ध बनाउँन सकिन्छ : उपमेयर खनाल

पर्यटन प्रवर्द्धन गरेर धनकुटालाई समृद्ध बनाउँन सकिन्छ : उपमेयर खनाल

धनकुटा । धनकुटा नगरपालिकाकी उपप्रमुख भिमादेवी खनालले पर्यटन प्रवर्द्धन गरेर धनकुटालाई समृद्ध बनाउँन सकिने सम्भावना औंल्याएकी छन् । होटल एशोसिएसनले धनकुटामा आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख खनालले यस्तो बताएकी हुन् । पोखरा, सिक्किम लगायत ठाउँ पर्यटनकै माध्यमबाट समृद्ध बनेको उदाहरण दिदैँ उपप्रमुख खनालले धनकुटामा पनि यसको सम्भावना रहेको उल्लेख गरि...
भोजपुरमा वडा कार्यालय तोडफोड

भोजपुरमा वडा कार्यालय तोडफोड

भोजपुर । अज्ञात समूहले भोजपुरको पौवादुङमा गाउँपालिकाको १ नं. वडा कार्यालय तोडफोड गरेको छ । श्यामशिलास्थित वडा कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्र प्रवेश गरी तोडफोड गरिएको हो । वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार कार्यालयभित्रको प्रिन्टर, इन्भर्टर, दराज, झ्याल लगायत फुटाइएको छ । तोडफोडबाट एक लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । तोडफोड कसले गर्यो भन्ने खुलेको छैन । तोडफोड...
भूकम्प पीडितका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम संकलन, अझै उठाइने

भूकम्प पीडितका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम संकलन, अझै उठाइने

धनकुटा । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम संकलन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघ, वितरक संघ र होटल एशोसिएसनले राहत संकलन अभियान चलाएर पैसा उठाएका हुन् । तीन वटै संस्थाले आज धनकुटामा पत्रकार सम्मेलन गरेर पहिलो चरणमा १ लाख ४२ हजार १ सय ४० रुपैयाँ रकम संकलन भएको जानकारी दिएका छन् । सोमबार हिले बजार र मंगलबार धनकुटा बजारमा सहयोग संकलन अभियान चलाइ...
पाख्रीवासमा ज्योति मगर आउने

पाख्रीवासमा ज्योति मगर आउने

धनकुटा । धनकुटाको पाख्रीवासमा गायिका ज्योति मगर आउने भएकी छन् । दीपावली, छठ लगायत चाडपर्वको अवसरमा आगामी शुक्रबार साँझ पाख्रीवासमा हुन लागेको सांस्कृतिक कार्यक्रममा गायिका मगर आउन लागेकी हुन् । पाख्रीवास ३ स्थित चेतना युथ क्लबले सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गायिका मगरसँगै गायक नन्द राईले पनि साङ्गीतिक प्रस्तुती दिने आयोजक संस्थाका सचिव रमेश बस्नेतले जानकारी दिए । सांस्कृत...
धनकुटाका अनिष गाँजासहित दुहबीबाट पक्राउ

धनकुटाका अनिष गाँजासहित दुहबीबाट पक्राउ

सुनसरी । धनकुटाको सहिदभूमि–७ का अनिष तामाङ गाँजासहित सुनसरीको दुहबीबाट पक्राउ परेका छन् । दुहवी-८ बाट ३१ किलो गाँजासहित २१ वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको हो । दुहबी–८ स्थित कोशी लोकमार्गमा तामाङ सवार प्रदेश १–०२–०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को.१ ह ८४७८ नम्बरको सिटी सफारी ठोक्किएका थिए । दुर्घटना पश्चात प्रहरीले नियन्त्रणमा लिने क्रममा मोटरसाइकलमा गाँजा फेला परेको हो । मोटरसाइकलमा रहेक...
हिले फुटबल क्लबले जित्यो उपाधि

हिले फुटबल क्लबले जित्यो उपाधि

धनकुटा । हिले फुटबल क्लबले धनकुटाको सहिदभूमि गाउँपालिका–२ पातालडाँडामा आयोजित प्रथम अन्डर १९ कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पिप्ले फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै हिलेले उपाधि जितेको हो । उपाधिसँगै हिले फुटबल क्लबले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पिप्ले फुटबल क्लबले नगद १५ हजारमा चित्त बुझाएको छ । विजेता टिम तथा खेलाड...
पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

धनकुटा । पोखराका होटल व्यवसायीहरू पर्यटक बोलाउन धनकुटा आइपुगेका छन् । ‘जाउँ है पोखरा’ नाम दिइएको आन्तरिक पर्यटन प्रवर्द्धन अभियान लिएर पूर्वी नेपालको यात्रामा निस्किएका उनीहरु धनकुटेलीलाई पोखरा घुम्न निम्तो दिन आएका हुन् । उनीहरूले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानका विषयमा धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटल व्यवसायी, सञ्चारकर्मी लगायत सहभागि कार्यक्रममा पोखराका पर्यटकीय गन...
केशलियामा तटबन्ध र सौन्दर्यीकरणको कामलाई प्रदेश सरकारले प्राथमिकता दिने

केशलियामा तटबन्ध र सौन्दर्यीकरणको कामलाई प्रदेश सरकारले प्राथमिकता दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया नदीको तटबन्ध निर्माण र सौन्दर्यीकरणको कामलाई प्रदेश सरकारले प्राथमिकता दिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तथा संघ र स्थानीय सरकारबीच समन्वय गरी नमुना एकीकृत योजना न...
धरानले जित्यो क्रिकेटको उपाधि

धरानले जित्यो क्रिकेटको उपाधि

धनकुटा । धनकुटामा सञ्चालित दीपावली खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धरान क्रिकेट क्लबले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा एकता क्रिकेट क्लब धनकुटालाई ७० रनले हराउँदै धरान क्रिकेट क्लबले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको धरानले पुरै २० ओभर खेल्दै धनकुटालाई १ सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा धनकुटाले १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनायो । धनकु...
खेलकुद मन्त्री लिम्बुको स्वीकारोक्ति: सरकारको कामले रफ्तार लिएन, कछुवा गति भयो 

खेलकुद मन्त्री लिम्बुको स्वीकारोक्ति: सरकारको कामले रफ्तार लिएन, कछुवा गति भयो 

धनकुटा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारको कामले गति लिन नसकेको स्वीकार गरेका छन् । आज धनकुटामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री लिम्बुले सरकारको कामले रफ्तार लिन नसकेको बताएका हुन् । मन्त्री लिम्बुले सरकार कछुवा गतिले अघि बढिरहेको बताए । ‘कछुवाको तालमा हिड्या जस्तो लाग्छ सरकार, आफैलाई पनि त्यस्तो फिल भाछ,’ मन्त्री लिम्बुले भने । गठबन्धन सरकार भएकाले सोचे अनरुप गति लिन ...
जाजरकोट भूकम्पका घाइतेलाई सांसद शर्माले केएमसीमा मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

जाजरकोट भूकम्पका घाइतेलाई सांसद शर्माले केएमसीमा मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

काठमाडौं । जाजरकोट भूकम्पका घाइतेहरूलाई सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको छ । सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित...
जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड नगरकी उपप्रमुखसहित ६३ जनाको मृत्यु

जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड नगरकी उपप्रमुखसहित ६३ जनाको मृत्यु

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराती ६.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । ९७ जना घाइते भएका छन् । राती ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का नेपालभर महसुस भएको छ । भारतको नयाँदिल्लीमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । भूकम्पले जाजर...
कीटजन्य रोग नियन्त्रणको समीक्षा

कीटजन्य रोग नियन्त्रणको समीक्षा

धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो । कार्यक्रममा धनकुटा नगर क्षेत्रमा डेंगु, स्क्रवटाइफस, मलेरिया, कालाजार जस्ता कीटजन्य रोगको प्रभाव सम्बन्धी छलफल गरिएको छ । लामखुट्टे, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने यस्ता ...
छात्रामाथि सामूहिक बलात्कार घटनामा कराँतेका प्रशिक्षक सुवेदी र राउत दोषी ठहर

छात्रामाथि सामूहिक बलात्कार घटनामा कराँतेका प्रशिक्षक सुवेदी र राउत दोषी ठहर

विराटनगर । विराट हेल्थ कलेजमा अध्ययनरत छात्रामाथि सामूहिक बलात्कारको घटनामा कराँतेका प्रशिक्षकद्वय अमर सुवेदी र विनोद राउत दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङले विराटनगर महानगरपालिका–४ का सुवेदी र विराटनगर–३ का राउतलाई जबरजस्ती करणी मुद्दामा कसुरदार ठहर गरेको हो । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरूलाई बुधबार कसुरदार ठहर गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । अदाल...
विराटनगरमा छठ पर्वका लागि नहर सफाइ

विराटनगरमा छठ पर्वका लागि नहर सफाइ

विराटनगर । आसन्न छठ पर्वका लागि विराटनगर महानगरपालिका वडा नम्बर ११ मा नहर सफाइ गरिएको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपानेसहितको उपस्थितिमा वडाका जनप्रतिनिधि, स्थानीयवासी लगायतले नहर सरसफाइ गरेका हुन् । वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आसपासको क्षेत्रमा छरिएका प्लास्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ । छठ पर्वमा प...
विराटनगरमा ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना बरामद

विराटनगरमा ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना बरामद

विराटनगर । विराटनगर महानगरपालिका–११ पिचरास्थित पशुपति ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना र सामग्री बरामद भएको छ । सरकारी टोलीले बिहीबार दिउँसो छापा हान्दा सुनचाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको हो । भारतबाट भन्सार छली गरेर ल्याइएका सुनचाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व ...
सांसद शर्माको नोबेल अस्पतालले विश्वकपमा छनौट भए नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने

सांसद शर्माको नोबेल अस्पतालले विश्वकपमा छनौट भए नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ । सांसद डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधबार पुरस्कार घोषणा गरेको हो । विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल जितेमा थप ५ लाख पुरस्कार प्रदान गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनि...
धनकुटाको चौबिसेका एमाले नेता कोइरालाको निधन

धनकुटाको चौबिसेका एमाले नेता कोइरालाको निधन

धनकुटा । नेकपा एमाले चौबिसे गाउँ कमिटी सचिवालय सदस्य हिमकर्ण कोइरालाको निधन भएको छ । काठमाडौंको मिनभवनस्थित सिभिल हस्पिटलमा उपचारका क्रममा गएराती उनको निधन भएको हो । चौबिसे गाउँपालिका–७ मौनावुधुक निवासी ४० वर्षीय कोइरालालाई गत कात्तिक ३ गते अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा परीक्षण गर्दा उनमा एक्यूड ल्यू...
जागिर छोडेपछि स्वास्थ्य कार्यालयका हाकिमले भने, ‘सरकारी अड्डामा व्यापक भ्रष्टाचार छ’

जागिर छोडेपछि स्वास्थ्य कार्यालयका हाकिमले भने, ‘सरकारी अड्डामा व्यापक भ्रष्टाचार छ’

धनकुटा । स्वास्थ्य कार्यालय धनकुटाका पूर्व प्रमुख गोकुलप्रसाद भण्डारीले सरकारी अड्डामा व्यापक भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन् । सेवावाट अवकाश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका भण्डारीले पार्टी प्रवेशको विषयमा जानकारी गराउँन धनकुटामा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कमिसनको विषय पनि खुलाएका हुन् । उनले राज्यका सबै अङ्गहरूमा अपराधिकरण गरी श्रोत साधन माथि हैकम जमाई चरम दुरुपयोग...
बेलबारीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

बेलबारीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ भलुवाईमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । ढिस्कोले पुर्दा बेलबारी-१० की २८ बर्षिया सुनिता राजवंशीको मृत्यु भएको हो । आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा उनलाई माटोको ढिस्को माथिबाट खसेर पुरेको थियो । उनीसँगै माटो खन्न गएकी गीता राजवंशीले उनलाई त्यहाँबाट उद्धार गरेर निकालेकी थिइन् । गम्भीर घाइते सुनितालाई उपचारका ला...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा संयुक्त सरकार बनाउँन आह्वान

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा संयुक्त सरकार बनाउँन आह्वान

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकार बनाउँन आह्वान गरेका छन् । आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउँन आह्वान गरेका हुन् । संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उनले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान...
आत्मदाह प्रयास गरेका युवाको उपचारका क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका युवाको उपचारका क्रममा मृत्यु

काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका धनकुटाको सहिदभूमि–२ का समिर राईको उपचारका क्रममा मृत्यु भएको छ । गत शुक्रबार बिहान गारा टोलस्थित आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका १९ वर्षीय राईको उपचारका क्रममा चार दिनपछि मंगलबार साँझ मृत्यु भएको हो । धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा कक्षा ९ मा अध्ययनरत समिरले दशैँ मनाउँन घर गएका वेला आफ्नै शरीरमा आगो लगाएका थ...
जहाँ अझै पनि रातोमाटो र कमेरोले घर पोतेर दसैँ डाकिन्छ

जहाँ अझै पनि रातोमाटो र कमेरोले घर पोतेर दसैँ डाकिन्छ

उदयपुर । अध्ययनको सिलसिलामा सुनसरीको धरान बस्दै आएका समीर खड्का घरका भित्तामा कमेरो छ्याप्न तल्लीन थिए । उदयपुर ताप्ली गाउँपालिका–५ कटहरेस्थित आफ्ना दुई घरका पर्खालको माथिल्लो भागमा समीरले कमेरो छ्यापे । घर रङ्ग्याउने काममा समीरलाई बहिनी सुरक्षाले सघाउँदै थिइन् । पर्खालको तल्लो भागमा सुरक्षाले रातोमाटो पोतिन् । बाबियोबाट बनेको कुचोले समीरले कमेरो छ्याप्दा झुम्रोको सहायतामा सुरक्षाले रातोमाटो लग...
धनकुटाका एक युवाले पेट्रोल छर्केर शरीरमा लगाए आगो

धनकुटाका एक युवाले पेट्रोल छर्केर शरीरमा लगाए आगो

धनकुटा । धनकुटाको सहिदभूमिका एक युवाले आज पेट्रोल छर्केर शरीरमा आगो लगाएका छन् ।  सहिदभूमि गाउँपालिका वडा नं.२ गारा टोलका १९ वर्षीय समिर राईले आफ्नै घरको आगनमा बिहान करिब ९ बजे शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । आगोले जलेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा क...
विराटनगर महानगरद्वारा विद्युतीय चुल्हो वितरण

विराटनगर महानगरद्वारा विद्युतीय चुल्हो वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले सेवामूलक सङ्घसंस्थाहरूलाई विद्युतीय चुल्हो वितरण गरेको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय, बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायत संस्थालाई चुल्हो वितरण गरिएको हो । महानगरमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले चुल्हो वितरण गरे । महानगरम...
हिलेको उज्यालो पोलिक्लिनिकमा बिरामीको मृत्यु

हिलेको उज्यालो पोलिक्लिनिकमा बिरामीको मृत्यु

धनकुटा । धनकुटाको हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले पोलिक्लिनिक तोडफोड गरेका छन् । ग्यास्टिकको समस्या भएर उपचारका लागि आएकी सहिदभूमि गाउँपालिका-६ भरिबण्डेकी ५३ वर्षीया विष्णुकुमारी राईको मृत्यु भएपछि आक्रोशित आफन्तले पोलिक्लिनिकमा ढुंगामुढा गरेका हुन् । ढुंगा प्रहारबाट पोलिक्लिनिकको अगाडिको सिसा फुटेको छ । ग्यास्टिकको समस्याले सताएपछि राई उपचारका ल...
धनकुटा बन्द फिर्ता

धनकुटा बन्द फिर्ता

धनकुटा । प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समितिले धनकुटामा आव्हान गरेको बन्द फिर्ता भएको छ । धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले आजबाट अनिश्चितकालीन धनकुटा बन्द आव्हान गरेको थियो । पक्राउ परेका तीनै जना छुटेपछि दिउँसो १२ बजेबाट ब...
पहिचानवादीद्वारा धनकुटा बन्द, गाडी तोडफोडको आरोपमा पक्राउ परेकालाई छोड्नुपर्ने माग

पहिचानवादीद्वारा धनकुटा बन्द, गाडी तोडफोडको आरोपमा पक्राउ परेकालाई छोड्नुपर्ने माग

धनकुटा । प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समितिले आज धनकुटामा बन्द आव्हान गरेको छ । धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई कारबाही नगरी बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन बन्द आव्हान गरेको हो । फोक्लेण्डटापु, भेडेटार लगायत क्षेत्रमा बन्दकर्ता निस्किएर सड...
error: Content is protected !!