रबिन कटेल/संगालोखबर

धनकुटा । नेकपा एमाले धनकुटाले २३ बुँदे भावी कार्ययोजना निर्माण गरेको छ । एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकले पार्टीको भावी कार्ययोजना तय गरेको हो ।

Advertisement

अधिवेशनहरु गर्ने, संगठन विस्तार गर्ने, सदस्यता वृद्धि गर्ने, पार्टी कार्यालयहरू निर्माण गर्ने, जनसरोकारका विषय केन्द्रित काम गर्ने लगायत विषयलाई प्राथमिकता दिएर एमालेले भावी योजना निर्माण गरेको छ । २०८१ जेठ महिनाभित्र पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने, असारभित्र सात वटै पालिका अधिवेशन गर्ने, साउनभित्र ६० वटै वडा कमिटीको अधिवेशन गर्ने र आगामी चैत मसान्तसम्ममा सबै टोलमा पार्टीको संगठन निर्माण गर्ने योजना बनाइएको छ ।

आगामी पुस मसान्तसम्ममा जनसङ्गठनका बाँकी जिल्ला अधिवेशन सक्ने, मंसिर मसान्तसम्ममा पालिका स्तरमा सबै जनसङ्गठनको गठन/पुर्नगठन गरिसक्ने, चैत मसान्तसम्ममा सबै वडामा जनसङ्गठनका कमिटीहरू निर्माण गर्ने योजना छ ।

आगामी पुस मसान्तसम्ममा सबै पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने, प्रशिक्षणलाई व्यवस्थित गर्न पार्टी स्कुल स्थापना गर्ने, जिल्ला पार्टी कार्यालयमा पुस्तकालय निर्माण गर्ने, कार्यालय व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने, पार्टी प्रवेशलाई तिव्रता दिने र मंसिर मसान्तभित्र सदस्यता नवीकरण पुरा गर्ने कार्ययोजना बनाइएको छ । धनकुटामा एमालेका पार्टी सदस्य ७ हजार ६७ छन् । यसलाई बढाएर २०८४ को निर्वाचनसम्ममा १० हजार पुर्याउने योजना पार्टीले बनाएको छ ।

पालिका र वडाहरूमा पार्टी कार्यालय व्यवस्थित गर्ने योजना पनि अघि सारिएको छ । महालक्ष्मी र छथर जोरपाटीको पार्टी कार्यालय आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न गरेर आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने, पाख्रिबास र सहिदभूमिको पार्टी कार्यालय निर्माण कार्य यसै आर्थिक वर्षमा सुरु गरेर २०८१ चैत मसान्तसम्ममा निर्माण गरिसक्ने, चौबिसे र साँगुरीगढीमा पनि यसै आर्थिक वर्षभित्र जग्गा व्यवस्थापन गरी भवन निर्माणको काम थाल्ने योजना बनाइएको छ । शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर जनसरोकारका विषयमा सिंगो पार्टी शक्ति परिचालित हुने योजना पनि तय गरिएको छ ।

बैठकले १२ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको प्रचार विभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिए । जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख तारा तितुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि बैठकले पारित गरेको छ ।

बैठकलाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रिय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष पराजुली, उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई लगायतले सम्बोधन गरेका थिए ।

०७८ पुस २३ र २४ गते एमालेको ७ औं जिल्ला अधिवेशन भएको थियो । अधिवेशन पश्चात पहिलो पटक प्रतिनिधि परिषद् बैठक बसेको हो । बैठकमा ९ सय भन्दा बढी प्रतिनिधि सहभागि थिए ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

यो पनि…

भूकम्प प्रभावित क्षेत्रमा विशिष्टको लावालस्करले आतंक मच्चायो: नेता पोखरेल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!