संगालोखबर सम्बाददाता

काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका धनकुटाको सहिदभूमि–२ का समिर राईको उपचारका क्रममा मृत्यु भएको छ । गत शुक्रबार बिहान गारा टोलस्थित आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका १९ वर्षीय राईको उपचारका क्रममा चार दिनपछि मंगलबार साँझ मृत्यु भएको हो ।

Advertisement

धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा कक्षा ९ मा अध्ययनरत समिरले दशैँ मनाउँन घर गएका वेला आफ्नै शरीरमा आगो लगाएका थिए ।

केही महिना अघिदेखि अस्वभाविक व्यवहार देखाउँदै आएका उनले किन शरीरमा आगो लगाए भन्ने खुल्न सकेको छैन । बुबा रामकुमारको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्कदै आगो लगाएका समिरको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।

उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौंको किर्तिपुर अस्पताल लगियो । किर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

 

यो पनि : धनकुटाका एक युवाले पेट्रोल छर्केर शरीरमा लगाए आगो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!