संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा बसपार्कमा आज साँझ खेलाइएको हाउजी विंगो खेलमा एकैसाथ दुई जनाले हाउसफुल गरेर मोटरसाइकल पुरस्कार जितेका छन् ।

Advertisement

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मूर्तिढुंगा घर भई धरान बस्दै आएका रिजन लिम्बू र खोटाङ घर भई धनकुटा बस्दै आएका रुद्रप्रसाद फुँयालले हाउसफुल गरेका हुन् ।

देउराली युवा क्लबले ३ सय रुपैयाँका दरले टिकट बिक्री गरेर खेलाएको हाउजीमा हाउसफुल गर्नेलाई १५० सीसीको पल्सर मोटरसाइकल पुरस्कार राखिएको थियो । रिजन र रुद्रले एकैसाथ हाउसफुल गरेकाले उनीहरूलाई सो मोटरसाइकल संयुक्त रुपमा प्रदान गरिएको छ ।

दुवै जनालाई पुरस्कार स्वरुप एउटै मोटरसाइकल परेकाले उनीहरूले मोटरसाइकलको आधा/आधा मूल्य बराबरको मात्र स्वामित्व पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!