धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ पञ्चेमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक तेह्रथुमको छथर गाउँपालिका–१ का २८ वर्षीय दुर्गाबहादुर विकको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी द...
केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार

केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो । बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए । एक सेन्टिम...
विराटनगरमा भेटियो महिलाको शव

विराटनगरमा भेटियो महिलाको शव

विराटनगर । विराटनगर महानगरपालिका–१२ पाञ्चालीमा आज बिहान एक महिला मृत फेला परेकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि खुल्ला चौरमा करिब ४० वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिलाको पहिचान खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई भेट्न पुगे मन्त्री उप्रेती

हात्तीको आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई भेट्न पुगे मन्त्री उप्रेती

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेका परिवारलाई भेटेका छन् । मोरङको लेटाङ नगरपालिका–३ कीर्तिमान पुगेर मन्त्री उप्रेतीले हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका कमल माझीको परिवारलाई भेटेका हुन् । सोमबार बिहान हात्तीको आक्रमणमा परी स्थानीय ५३ वर्षीय माझीको मृत्यु भएको थियो । लेटाङबाट साइकल चढेर बेलबारीको लक्ष्मीमार्गतर्फ...
विराटनगर आगलागी अपडेट: मृतकको संख्या दुई पुग्यो, चार जनाको उपचार हुँदै

विराटनगर आगलागी अपडेट: मृतकको संख्या दुई पुग्यो, चार जनाको उपचार हुँदै

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना घाइतेको उपचार भइरहेको छ । विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारक...
विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, चार घाइते

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, चार घाइते

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । कर्कटपाताको छानो भएको कवाडी पसलमा दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परेर पाँच जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । घाइतेमध्ये ३...
धनकुटाको चुङमाङका वृद्ध दम्पतीले विद्यालयमा राखिदिए १६ वटा सिसिटिभी क्यामेरा

धनकुटाको चुङमाङका वृद्ध दम्पतीले विद्यालयमा राखिदिए १६ वटा सिसिटिभी क्यामेरा

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङका वृद्ध दम्पतीले स्थानीय भारती माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिदिएका छन् । समाजसेवी ७८ वर्षीय रमेशकुमार राई र उनकी श्रीमती ६५ वर्षीया चन्द्रकलाले १ लाख ५० हजार खर्च गरेर विद्यालयमा १६ वटा सिसिटिभी क्यामेरा जडान गरिदिएका हुन् । सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका राई हुलाक कार्यालयबाट अवकाश प्राप्त कर्मचारी हुन् । विद्यालयको शै...
होटल एशोसिएसन भेडेटारको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

होटल एशोसिएसन भेडेटारको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

धनकुटा । होटल एशोसिएसन भेडेटारको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित भएका छन् । एशोसिएसनको सोमबार सम्पन्न पाँचौ साधारण सभाले कार्कीछापस्थित होटल माउन्ट एभरेष्टका सञ्चालक लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । एशोसिएसनको उपाध्यक्षमा सीता गुरुङ, सचिबमा लालबहादुर श्रेष्ठ, सह-सचिवमा यामन सुब्बा र कोषाध्यक्षमा गोविन्द थापा चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा नेमि...
घरभित्र थुनेर आगो लगाउनेलाई कारबाही माग गर्दै वडाध्यक्ष गुरागाईँले दिए किटानी जाहेरी

घरभित्र थुनेर आगो लगाउनेलाई कारबाही माग गर्दै वडाध्यक्ष गुरागाईँले दिए किटानी जाहेरी

धनकुटा । घरमा आगो लगाउनेलाई कारबाही गर्न माग गर्दै धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँले आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । ज्यान मार्ने मनसायले ढोका थुनेर घरमा आगो लगाइएको भन्दै वडाध्यक्ष गुरागाईँले स्थानीय एक युवाविरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । शनिवार राती वडाध्यक्ष दम्पती घरको माथिल्लो तलामा सुतिरहेका बेला बाहिरबाट ताला लगाएर...
जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको छ । बैंकको धनकुटा शाखा मातहत सञ्चालन हुने सो काउन्टर सोमबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रबन्धक दिपकराज न्यौपानेले संयुक्त रुपमा पर्दा उघारेर र रिबन काटेर काउन्टर उद्घाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवा...
धनकुटामा वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटामा वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाइँको घरमा गएराती आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्...
धनकुटा-धरान सडकको अवरोध हट्यो, १७ घण्टापछि यातायात सुचारु

धनकुटा-धरान सडकको अवरोध हट्यो, १७ घण्टापछि यातायात सुचारु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा दुर्घटनाग्रस्त टिपरले सडक ढाकेपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड आज दिउँसो १२ बजेबाट खुलेको छ । दुर्घटनाग्रस्त गाडीलाई क्रेनले सडकबाट हटाएपछि १७ घण्टापछि यातायात सुचारु भएको हो । एकै ठाउँमा चार वटा गाडी दुर्घटना भएर सडक ढाकेपछि शनिवार साँझ करिब ७ः१५ बजेबाट सडक अवरुद्ध भएको थियो । सो स्थानमा केही दिन अघि गाडी दुर्घटना भएर सडक ...
एउटा क्रेनले गाडी हटाउन नसकेपछि धरान-धनकुटा सडक खुल्न ढिलाई, अर्को आउँदै

एउटा क्रेनले गाडी हटाउन नसकेपछि धरान-धनकुटा सडक खुल्न ढिलाई, अर्को आउँदै

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा दुर्घटनाग्रस्त टिपरले सडक ढाकेपछि शनिवार साँझबाटअवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अझै खुलेको छैन । एकै ठाउँमा चार वटा गाडी दुर्घटना भएर सडक ढाकेपछि साँझ करिब ७ः१५ बजेबाट सडक अवरुद्ध भएको हो । १४ घण्टादेखि अवरुद्ध सडक अझै नखुल्दा दर्जनौं सवारी साधन बीचबाटोमै रोकिएर बसेका छन् । यात्रुहरूको विचल्ली भएको छ । सो स्थानमा केही दिन अघि ...
पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर, कोशी राजमार्ग अवरुद्ध

पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर, कोशी राजमार्ग अवरुद्ध

धनकुटा । पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपरले ठक्कर दिएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिसाबा...
धनकुटामा विद्यार्थी बनभोज हिँडेको बस दुर्घटना

धनकुटामा विद्यार्थी बनभोज हिँडेको बस दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस आज बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो । इलामको माइ नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले संगालोखबर...
इटहरीले जित्यो रारा भेट्रान गोल्डकपको उपाधि

इटहरीले जित्यो रारा भेट्रान गोल्डकपको उपाधि

धनकुटा । हाम्रो इटहरी भेट्रान क्लबले धनकुटाको राजारानीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि जितेको छ । राजारानी खेल मैदानमा भएको फाइनल खेलमा भारतको बेर्मियोक नाम्फिङ भेट्रान, सिक्किमलाई १-० गोलले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । खेलको ११ औं मिनेटमा दीपेन राईले गरेको एकमात्र गोल नै इटहरीलाई जित दिलाउन पर्याप्त बन्यो । उपाधिसँगै इटहरीले १ लाख नगदसहित ट्रफी, मेडल ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँका दरले मूल्य घटाइएको हो । नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको मूल्य १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र ...
उर्लाबारीमा सहचालकले चलाएको ट्रकले नौं वटा सवारीलाई दियो ठक्कर

उर्लाबारीमा सहचालकले चलाएको ट्रकले नौं वटा सवारीलाई दियो ठक्कर

विराटनगर । मोरङको उर्लाबारीमा सवारी चालक अनुमति पत्र नभएका सहचालकले चलाएको ट्रकले आज दिउँसो ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । गिट्टी बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारीसाधनहरुलाई दिउँसो २ः२० बजे ठक्कर दिएको हो । ट्रकको ठक्करबाट ३ वटा अटो टेम्पो, ३ वटा मोटरसाइकल, २ वटा सीटी सफ...
भोजपुरमा धमाधम पक्राउ पर्दै फरार अपराधी

भोजपुरमा धमाधम पक्राउ पर्दै फरार अपराधी

भोजपुर । आठ वर्षीया बालिकालाई बलात्कार गरेर भागेका भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बैकुण्ठेका सुन्दर राई ७ वर्षपछि बुधबार पक्राउ परे । लामो समयदेखि लुकिछिपी बस्दै आएका २६ वर्षीय राईलाई समात्न अन्ततः प्रहरी सफल भयो । जबरजस्ती करणी मुद्दामा भोजपुर अदालतले ०७९ माघ १८ गते दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाइएका राई रामप्रसाद राई गाउँपालिका–१ ओख्रेबाट समातिए । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएक...
सहिदभूमिमा दुई दिन बिदा

सहिदभूमिमा दुई दिन बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । सहिदभूमिका राई समुदायले मनाउँने विशेष पर्व वाडाङमीको अवसरमा मंसिर १७ र १८ गते स्थानीय बिदा दिइएको हो । सहिदभूमिका राई समुदायको महत्वपूर्ण पर्व भएकाले वाडाङमीमा दुई दिन विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । बिदाको दिन गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सेवा कार्यालय र विद्यालय ब...
धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्न आए पर्यटनकर्मी

धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्न आए पर्यटनकर्मी

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो । सो टोलीलाई आ...
रारा भेट्रान गोल्डकप: दुधे र विराटको विजयी सुरुवात

रारा भेट्रान गोल्डकप: दुधे र विराटको विजयी सुरुवात

धनकुटा । धनकुटाको राजारानीमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपमा झापाको दुधे भेट्रान क्लब र विराटनगरको विराट मेगा भेट्रान क्लबले विजयी सुरुवात गरेका छन् । राजारानी खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा हाम्रो धरान भेट्रान क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा...
उर्लाबारी आगलागी घटना: थप एक घाइतेको मृत्यु, मृतकको संख्या पाँच पुग्यो 

उर्लाबारी आगलागी घटना: थप एक घाइतेको मृत्यु, मृतकको संख्या पाँच पुग्यो 

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका थप एक घाइतेको उपचारका क्रममा सोमबार राती मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राती करिब ११ः३० बजे घाइते ४३ वर्षीय रामनरेश मरिताको मृत्यु भएको हो । धनुषाको जनकनन्दिनी घर भएका उनी उर्लाबारी बस्दै आएका थिए । उर्लावारीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राती आगलागी भएको थियो । दीपक कार्कीले आफ्नै घरमा सञ्...
धनकुटा नगरमा भोलि र पर्सि वडाङ्मेटको सार्वजनिक बिदा

धनकुटा नगरमा भोलि र पर्सि वडाङ्मेटको सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भोलि र पर्सि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनि...
लैङ्गिक हिंसा विरुद्ध धनकुटा नगरपालिकाले गर्यो प्रभातफेरी

लैङ्गिक हिंसा विरुद्ध धनकुटा नगरपालिकाले गर्यो प्रभातफेरी

धनकुटा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बिहान धनकुटामा प्रभात फेरी गरिएको छ । स्थानीय सङ्घसंस्थाहरूसँग समन्वय गरेर धनकुटा नगरपालिकाले प्रभात फेरी आयोजना गरेको हो । अन्तर पार्टी महिला सञ्जाल, महिला पुनस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, वेष्ट नेपाल लगायत सङ्घसंस्थाहरूसँगको समन्वयमा टुँडिखेलबाट सुरु भएको प्रभातफे...
हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीद्वारा विरोध प्रदर्शन

हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीद्वारा विरोध प्रदर्शन

धनकुटा । धनकुटाको हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । काम थालेको तीन वर्ष बितिसक्दा पनि ५ सय मिटर सडक मर्मतको काम पुरा नगरिएको भन्दै स्थानीयवासीले सडक डिभिजन कार्यालय धनकुटामा धर्ना दिएर प्रदर्शन गरेका हुन् । उनीहरूले सडक डिभिजन कार्यालयमा धर्ना दिएर चाडै सडक निर्माण सक्न दवाव दिएका हुन् । हिलेका स्थानीय लाक्पा तामाङको अगुवाइमा करिब दुई दर्जनको संख्याम...
धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला

धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेका हुन् । टिकाराम झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको स्थानीय गौतम थापाले संगालोखबरलाई जानकारी दिए । ‘वुवा, आमा र छोरा मृत भेटिएका छन्,’ थापाले संगालोखबर...
धनकुटाका पत्रकारले देउसीको पैसाबाट दिए अनाथ बालबालिकालाई शैक्षिक सामग्री

धनकुटाका पत्रकारले देउसीको पैसाबाट दिए अनाथ बालबालिकालाई शैक्षिक सामग्री

धनकुटा । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चारदिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनस्थापन...
टिकटक बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो, निर्णय सच्याइनुपर्छ: सांसद शर्मा

टिकटक बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो, निर्णय सच्याइनुपर्छ: सांसद शर्मा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर सरकारले तानाशाही र अधिनायकवादी श...
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार यो निर्णय तत्काल कार्यान्वयन हुनेछ, बन्द गर्नका लागि कुनै डेडलाइन तोकिएको छैन । अब, प्राव...
धनकुटामा ‘बौद्धिक दर्पण’ विमोचन

धनकुटामा ‘बौद्धिक दर्पण’ विमोचन

धनकुटा । नेपाल बुद्धिजीवी परिषद् धनकुटाले तयार गरेको पुस्तक ‘बौद्धिक दर्पण’ विमोचन गरिएको छ । परिषद्ले आज धनकुटामा कार्यक्रम आयोजना गरेर पुस्तक विमोचन गरेको हो । परिषद्का केन्द्रीय सचिव यज्ञ शर्मा, पूर्व सांसद गोपाल गुरागाईँ, प्रदेश सांसद द्वय इन्द्रमणि पराजुली र निरन राई, जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, परिषद्का कोशी प्रदेश अध्यक्ष प्राडा अर्जुनकुमार बराल, उपसचिव धर्मराज ढकाल लगाय...
error: Content is protected !!