संगालोखबर सम्बाददाता

सुनसरी । धनकुटाको सहिदभूमि–७ का अनिष तामाङ गाँजासहित सुनसरीको दुहबीबाट पक्राउ परेका छन् । दुहवी-८ बाट ३१ किलो गाँजासहित २१ वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

दुहबी–८ स्थित कोशी लोकमार्गमा तामाङ सवार प्रदेश १–०२–०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को.१ ह ८४७८ नम्बरको सिटी सफारी ठोक्किएका थिए ।

दुर्घटना पश्चात प्रहरीले नियन्त्रणमा लिने क्रममा मोटरसाइकलमा गाँजा फेला परेको हो । मोटरसाइकलमा रहेको कालो रङ्गको भिर्ने झोला र ३ वटा जेब्रा झोलामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तामाङसहित सिटी सफारी चालक र सिटीमा सवार २ जना व्यक्ति पनि घाइते भएका थिए । उनीहरूलाई स्थानीय जीवनज्योति स्वास्थ्य सेवामा उपचार गराइएको छ ।

उपचार पश्चात तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!