संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ भलुवाईमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । ढिस्कोले पुर्दा बेलबारी-१० की २८ बर्षिया सुनिता राजवंशीको मृत्यु भएको हो ।

Advertisement

आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा उनलाई माटोको ढिस्को माथिबाट खसेर पुरेको थियो । उनीसँगै माटो खन्न गएकी गीता राजवंशीले उनलाई त्यहाँबाट उद्धार गरेर निकालेकी थिइन् ।

गम्भीर घाइते सुनितालाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको भएपनि अस्पताल पुर्याउँनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!