संगालोखबर सम्बाददाता

भोजपुर । अज्ञात समूहले भोजपुरको पौवादुङमा गाउँपालिकाको १ नं. वडा कार्यालय तोडफोड गरेको छ । श्यामशिलास्थित वडा कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्र प्रवेश गरी तोडफोड गरिएको हो ।

Advertisement

वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार कार्यालयभित्रको प्रिन्टर, इन्भर्टर, दराज, झ्याल लगायत फुटाइएको छ । तोडफोडबाट एक लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

तोडफोड कसले गर्यो भन्ने खुलेको छैन । तोडफोडमा संलग्नलाई प्रहरीले खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!