संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले चौबिसे गाउँ कमिटी सचिवालय सदस्य हिमकर्ण कोइरालाको निधन भएको छ । काठमाडौंको मिनभवनस्थित सिभिल हस्पिटलमा उपचारका क्रममा गएराती उनको निधन भएको हो ।

Advertisement

चौबिसे गाउँपालिका–७ मौनावुधुक निवासी ४० वर्षीय कोइरालालाई गत कात्तिक ३ गते अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा परीक्षण गर्दा उनमा एक्यूड ल्यूकेमिया अर्थात रगत उत्पादन नहुने रोग देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

मृतकको पार्थिव शरीरलाई आज मौनावुधुकस्थित घर ल्याइने र भोलि अन्त्येष्टि गरिने चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए । चौबिसे गाउँपालिका शिक्षा समिति सदस्यसमेत रहेका कोइरालाको उपचारका लागि गाउँपालिका अध्यक्ष चेम्जोङ, उपाध्यक्ष टंकमायाँ पाङ्मी लगायत पनि काठमाडौं गएका छन् ।

‘हेमकर्ण जीलाई बचाउँने प्रयास सफल हुन सकेन, अहिले शव लिएर धनकुटा फर्किदै छौं,’ अध्यक्ष चेम्जोङले भने, ‘आज साँझ घर आइपुगिन्छ, भोलि छरुवा त्रिवेणी घाटमा अन्त्येष्टि हुन्छ ।’

स्वर्गीय कोइरालाका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!