संगालोखबर सम्बाददाता

धनकुटा । स्वास्थ्य कार्यालय धनकुटाका पूर्व प्रमुख गोकुलप्रसाद भण्डारीले सरकारी अड्डामा व्यापक भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन् । सेवावाट अवकाश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका भण्डारीले पार्टी प्रवेशको विषयमा जानकारी गराउँन धनकुटामा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कमिसनको विषय पनि खुलाएका हुन् ।

Advertisement

उनले राज्यका सबै अङ्गहरूमा अपराधिकरण गरी श्रोत साधन माथि हैकम जमाई चरम दुरुपयोग गर्ने, भ्रष्टाचार, कमिसन, व्यभिचारलाई प्रोत्साहन गर्ने काम भइरहेको आरोप लगाए । राज्यका अंगहरू राज्य जस्तो नभएर अपराधका लागि प्रबन्ध गर्न बनाइएको कार्य समितिको रुपमा परिणत भएको उनको ठम्याई छ । राजनीतिक दल र शासन सत्ता सञ्चालन गर्ने व्यक्तिहरूले संविधानको भावना र मर्म विपरित राज्यका सर्वोच्च निकायहरू कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकादेखि सेवा प्रवाह गर्ने राज्यका सवै अंगहरुलाई दुरुपयोग गरेको भण्डारी बताउँछन् ।

धनकुटामा ३० वर्ष सरकारी जागिरे जीवन बिताएका भण्डारीले जिल्लामा पनि व्यापक भ्रष्टाचार हुने गरेको सुनाए । उनले यसबाट स्वास्थ्य कार्यालय धनकुटा पनि अछुतो नरहेको खुलाए । ‘स्वास्थ्य कार्यालयमा मात्र हैन सबै तिर भ्रष्टाचार, कमिसनको खेल चल्छ,’ भण्डारीले भने, ‘म कर्मचारी भएर रहुन्जेल बोल्न सकिन्, अहिले जागिर छोडेपछि बोल्ने आँट गरेको हुँ ।’

एक वर्ष स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका ६० वर्षीय भण्डारीले उमेर हदका कारण गत असोज १३ गते सेवाबाट अवकाश पाएका हुन् ।

यो पनि…

गोकुलप्रसाद भण्डारीको अपिल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!