संगालोखबर सम्बाददाता

विराटनगर । आसन्न छठ पर्वका लागि विराटनगर महानगरपालिका वडा नम्बर ११ मा नहर सफाइ गरिएको छ ।

Advertisement

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपानेसहितको उपस्थितिमा वडाका जनप्रतिनिधि, स्थानीयवासी लगायतले नहर सरसफाइ गरेका हुन् ।

वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आसपासको क्षेत्रमा छरिएका प्लास्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ ।

छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष नेउपानेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!