Avatar photoRabin Katel

सुनसरी । मलामी आएका युवाहरूले कुटपिट गरी सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटका कामदारको हत्या गरेका छन् । चिर्पट प्रहारबाट घाटमा दाउराको हार मिलाउँने र शव जलाउँने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको हो ।

Advertisement

इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले आज दिउँसो १ः४५ बजे विनोदमाथि चिर्पट प्रहार गरी कुटपिट गरेका थिए ।

घाटमा विवाद हुँदा उमेश र अनिलले बिनोदमाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । ‘चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बिनोदलाई इटहरीको वेदान्त हस्पिटल लगिएको थियो,’ डीएसपी भण्डारीले संगालोखबरसँग भने, ‘उपचारकै क्रममा दिउँसो करिब साढे २ बजे उनको मृत्यु भयो ।’

घटनामा संलग्न उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ भने फरार रहेका अनिलको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement