Avatar photoRabin Katel

धनकुटा । धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्टी फर्म छेउमा रहेको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षिय मनिष खतिवडा र धनकुटा–९ का १५ वर्षिय दिपेश ओझा छन् ।

Advertisement

दिउँसो करिव दुई बजे फोहोर र पानी मिसिएको पोखरीमा डुब्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त पोखरी विजय पोल्टी फर्मको फोहोर फाल्न बनाइएको हो ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement