संगालोखबर सम्बाददाता

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन् । गएराती सम्पन्न आठौं जिल्ला अधिवेशनमा निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

निवर्तमान उपाध्यक्ष राईले ३३९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी दंगालले १८७ मत पाएका छन् । उपाध्यक्षमा ३९५ मतसहित कुमार आचार्य निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उपीनकुमार राईले १३४ मत ल्याएका छन् । सचिवमा सुरेन्द्रकुमार राई सर्वसम्मत निर्वाचित भए ।

उपसचिवमा १४० मतसहित राजनकुमार बन्जरा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गिरेन्द्रबहादुर राईले १३५ मत ल्याएका छन् भने दिलचक्र राईले ६२, दिनेश राईले ४९, गोपीकृष्ण खड्काले ३३, युवराज रिजालले २४ र कमल ढकालले २३ मत पाएका छन् ।

महिला उपसचिवमा प्रतिस्पर्धी भगवती प्रधानलाई ३२३ मतान्तरले पराजित गर्दै ४१२ मतसहित कविता राई विजयी भएकी छन् । अधिवेशनमा ५६६ प्रतिनिधि छनौट भएका थिए ।

जसमध्ये ५३९ जनाले मतदान गरेको निर्वाचन मण्डलका अध्यक्ष एवं एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!