Avatar photoRabin Katel
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–२ गैरीगाँऊका ५० वर्षीय युवराज राईलाई उनका छोरा २८ वर्षीय सुमनले कुटपिट गर्दा मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजे घरायसी विषयमा हुँदा सुमनले युवराजलाई कुटपिट गरी ढुङ्गाले टाउकोमा हानेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement

बुबालाई कुटपिट गर्ने सुमनलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement