Avatar photoRabin Katel

धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित आधारभुत विद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने सो विद्यालयमा कम्पनीले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो ।

Advertisement

नुहाउन तातो पानी आउँने सोलार हिटर सिस्टम, इलेक्ट्रिक फिल्टर, खानेपानीको टङ्की २ थान र ग्यास सिलिन्डर २ थान प्रदान गरिएको छ ।

त्यस्तै, भट्टीचुल्हो, स्टिल दराज, किचेन र्याक, खाना पकाउने भाडा, बत्ती बाल्न सोलार सिस्टम र विद्यार्थीलाई पोशाक लगायत सामग्री प्रदान गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धनकुटा शाखा प्रमुख भेषराज कटेलले जानकारी दिए ।

धनकुटा शाखाको तर्फबाट विद्यालयमा कार्यक्रम आयोजना गरेर सामग्री हस्तान्तरण गरिएको हो ।

यसअघि सो विद्यालयको अवस्था बुझ्न कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठ आएका थिए ।

त्यसपश्चात् कम्पनीको तर्फबाट दुई लाख र कम्पनीका सञ्चालक डा.भिष्म कार्कीको तर्फबाट पचास हजार बराबरको सामग्री प्रदान गरिएको हो ।

सहयोगका कारण विद्यालयमा निकै राहत मिलेको प्रधानाध्यापक बिनोद सुवेदीले बताए । सो विद्यालयको बौद्धिक अपाङ्गता श्रोत कक्षामा ३७ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement