Avatar photoRabin Katel

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर र छुम्लिङ आसपास क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । वडा नं.६ र ७ को सिमानामा पर्ने गढीसिंहदेवी सामुदायिक बन र वडा नं.७ जितपुरस्थित बनपाला सामुदायिक बनमा भीषण डढेलो लागेको हो ।

Advertisement

हिजोदेखि नै सुरु भएको डढेलो अझै फैलँदै गएको महालक्ष्मी-७ का वडा सचिव खगेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार डढेलोका कारण छुम्लिङ, लाटेभन्ज्याङ, जितपुर, काफ्ले लगायत क्षेत्रका करिब ६० घर जोखिममा छन् ।

छुम्लिङस्थित गढीसिंहदेवी सामुदायिक बनमा लागेको डढेलो। तस्वीर सौजन्य: भुवन ढकाल

‘छुम्लिङमा हिजोबाटै डढेलो सुरु भएको हो । अहिले झन फैलँदै गएको छ,’ वडा सचिव पौडेलले संगालोखबरसँग भने, ‘धेरै क्षेत्रमा आगो लागेको छ, नियन्त्रण हुने छाटकाट छैन, आगो फैलँदै गयो भने आसपास क्षेत्रका ५०/६० घरमा जोखिम छ ।’

डढेलो कसरी सुरु भयो भन्ने खुलेको छैन । स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । हावाका कारण आगो नियन्त्रणमा समस्या भएको र झन-झन फैलँदै गएको स्थानीयवासी बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement