संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई हलगडामा बस्दै आएका ५२ वर्षीय जय बहादुर राई छन् ।

मंगलवार साँझ धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले राईलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!