इलाममा मतगणनाको विषयमा सर्वदलीय बैठक जारी

इलाममा मतगणनाको विषयमा सर्वदलीय बैठक जारी

विराटनगर । इलाम क्षेत्र नं.–२ उपनिर्वाचनको मतगणनाका विषयमा अहिले सर्वदलीय बैठक जारी छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेद्वार, निर्वाचनका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन् । बैठकले मतगणनाको समय टुंगो लगाउँनेछ । इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचनका लागि हिजो मतदान भएको हो । निर्वाचन आयोगका अनुसार १ लाख १५ हजार ८८९ मत...
इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि

इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि

इलाम । इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ न...
इलाममा आजै मतगणना थालिने

इलाममा आजै मतगणना थालिने

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा आज भएको उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएको छ । सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन कार्यालयले आजै बेलुकादेखि मतगणना थाल्ने तयारी गरेको हो । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेका अनुसार मुचुल्का गरेर मतपेटिका संकलन गर्ने काम भइरहेको छ । मतपेटिकाहरु संकलन भएर आवश्यक प्रक्रिया पूरा गरेपछि आजैदेखि मतगणना ...
रास्वपा उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन

रास्वपा उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन

इलाम । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उनी आफ्नो दलको चुनाव चिह्न भएको ‘ब्याज’ लगाएर शनिबार भएको मतदानमा सहभागी भएका थिए । त्यसको तस्बिर सार्वजनिक भएपछि उनले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो । उम्मेद...
ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह

ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह

इलाम । इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको भन्दै स्थानीय प्रशासनले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन सुरक्षाका लागि विशेष व्यवस्था अपनाइएको भन्दै निर्भयका साथ मतदान...
इलाम-२ : उत्साहजनक रूपमा मतदान सुरू

इलाम-२ : उत्साहजनक रूपमा मतदान सुरू

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ को निर्वाचनमा मतदान कार्य सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि निर्धारित समयअघि नै मतदाताहरु केन्द्रमा पुगेका थिए । विभिन्न मतदानस्थलमा रहेका केन्द्रहरुमा मतदान गर्ने कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले पनि प्रा...
इलाम र बझाङमा आज उपनिर्वाचन

इलाम र बझाङमा आज उपनिर्वाचन

विराटनगर । इलाम क्षेत्र नं.–२ र बझाङ क्षेत्र नं.–१ (क) मा आज उपनिर्वाचन हुदैछ ।     इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । १ लाख १६ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रति...
चार दशकअघि हराएको आमाको पर्स पाउँदा…

चार दशकअघि हराएको आमाको पर्स पाउँदा…

विराटनगर । हराएको एउटा पर्स चार दशकपछि फेला परेको छ । आफ्नै आमाको हराएको पर्स उनकी छोरीले प्राप्त गरेकी हुन् । प्रसंग क्यानाडाको अन्टारियो प्रान्तमा पर्ने गुएल्फ भन्ने ठाउँको हो । आफ्नो कार्यालयमा कसैले उक्त पर्स ल्याएपछि भेनेसा अस्टिन चकित परेकी थिइन् । त्यतिका अवधिसम्म पर्स सुरक्षित रहेको पाउँदा आफू छक्क परेको अस्टिनले प्रतिक्रिया दिएकी छन् । उक्त पर्स फेला पार्ने व्यक्ति डेट्रोइट, अमेरिकाका...
पाँच वर्षका छोराको हत्या आरोपमा महिला पक्राउ

पाँच वर्षका छोराको हत्या आरोपमा महिला पक्राउ

विराटनगर । पाँच वर्षका आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले सिरहाकी एक महिलालाई पक्राउ गरेको छ । सिरहाको लहानमा उनलाई पक्राउ गरिएको हो । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका–१ मा बस्दै आएकी सरिताकुमारी साहले छोरा आयुषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बैशाख ११ गते बिहानदेखि आयुष बेपत्ता भएको जानकारी पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा...
उपनिर्वाचनः मतदान केन्द्रको व्यवस्थापन धमाधम

उपनिर्वाचनः मतदान केन्द्रको व्यवस्थापन धमाधम

इलाम । भोलि शनिबार हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठक गरेपछि मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइएको जनाइएको छ । इलाम क्षेत्र नम्बर २ मा...
‘इलामका १९ मतदानस्थल अति संवेदनशील’

‘इलामका १९ मतदानस्थल अति संवेदनशील’

विराटनगर । वैशाख १५ मा इलाममा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि प्रहरीले तीन चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । बझाङमा हुने प्रदेशसभा निर्वाचनका लागि पनि सोही योजना लागू गरिएको प्रहरीले जनाएको छ । निर्वाचनपूर्व, निर्वाचनको अवधि एवं निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकालले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ...
विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

काठमाडौं । रोजगारीका लागि स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले धनकुटा र दमकका दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिएर आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ...
पाख्रीबासको होटलमा आगलागी

पाख्रीबासको होटलमा आगलागी

धनकुटा । धनकुटाको पाख्रीबासमा रहेको एक होटलमा आगलागी भएको छ । बुधबार विहान सब्जी पकाउने कराईको तेलबाट आगो सल्किएर होटलमा आगलागी भएको प्रहरीले जनाएको छ । पाख्रीबास नगरपालिका–४ स्थित रिनटिन डाँडा छेउमा रहेको स्टाफ होटलमा आगलागी भएको हो । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । होटल पूर्ण रुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जान...
धनकुटामा सुमो गाडी दुर्घटना

धनकुटामा सुमो गाडी दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ फोक्लेण्डटापु नजिक सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सङ्खुवासभाको मुढे शनिश्चरेबाट धरान जाँदै गरेको को १ ज २३३८ नम्बरको सुमो आज बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी झापाको बिर्तामोड–७ की खड्गमाया कार्की, युवराज कार्की, सङ्खुवासभाको धर्मदेवी–१ की सुनिता खड्का, सरिता खड्का, सुशीला खड्का, दीक्षा कार्की, इटहरी–४ का गगन चौलागाईं र ईश्वर चौल...
धनकुटामा मध्यराति जलाइयो मोटरसाइकल

धनकुटामा मध्यराति जलाइयो मोटरसाइकल

धनकुटा । धनकुटामा गएराती मोटरसाइकलमा आगजनी गरिएको छ । धनकुटा-७ जिरोप्वाइन्टस्थित पार्किङ स्थलमा राखिएको को ९ प ७७०५ नम्बरको २२० सीसीको एभेन्जर मोटरसाइकलमा आगो लगाइएको हो । घर नजिक रहेको पार्किङ स्थलमा राखेका बेला राती केही युवाहरूले मोटरसाइकलमा आगो लगाएर भागेको मोटरसाइकल धनी समिर उराउले जानकारी दिए । ‘हामीले जिरोप्वाइन्टमा मोटरसाइकल पार्किङ गर्ने बेग्लै ठाउँ बनाएका छौं, बेलुका त्यही मोटरसाइकल र...
इलाम-२ उपनिर्वाचन : सर्वाधिक चर्चामा चार उम्मेद्वार, कसले मार्ला बाजी ?

इलाम-२ उपनिर्वाचन : सर्वाधिक चर्चामा चार उम्मेद्वार, कसले मार्ला बाजी ?

इलाम । वैशाख १५ गते हुने इलाम–२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । साना–ठूला सभा, घरदैलो, कार्यकर्ता भेला जस्ता कार्यक्रमलाई तीव्र पारेका दल र स्वतन्त्र उम्मेदवारहरु मत आफ्ना पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य बन्नका लागि विभिन्न दलका १२ र स्वतन्त्र रुपमा ७ जना गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेको गढ एवं नेपाली कांग्रेसको पनि...
झापा दुर्घटना : मृत तीनै जनाको पहिचान खुल्यो

झापा दुर्घटना : मृत तीनै जनाको पहिचान खुल्यो

विराटनगर । झापामा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । बोलेरो गाडी र मोटरसाइकल आपसमा जुध्दा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै कमल–४ का २५ वर्षीय मौसम राई, पछाडि बसेका २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट झापातर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको प्र १–०१–००...
नेपालले कतारसँग शिक्षा, सञ्चार र उद्योग-वाणिज्य क्षेत्रमा सहकार्य गर्ने

नेपालले कतारसँग शिक्षा, सञ्चार र उद्योग-वाणिज्य क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । नेपालले कला, संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा कतारसँग सहकार्य गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ती क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी दुई देशबीच सम्झौता र समझदारी गरिएको हो । कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा ती क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । कतार...
बोलेरो र मोटरसाइकल जुध्दा झापामा तीनजनाको मृत्यु

बोलेरो र मोटरसाइकल जुध्दा झापामा तीनजनाको मृत्यु

विराटनगर । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बोलेरो गाडीसँग ठोक्किँदा एउटै मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअर्न्तगत शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा पर्ने सडकमा दुर्घटना भएको हो । पश्चिमबाट जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००१ च...
धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण

धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण

धनकुटा । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरप...
भोजपुरमा विद्युत सर्ट भएर घरमा आगलागी

भोजपुरमा विद्युत सर्ट भएर घरमा आगलागी

विराटनगर । भोजपुर नगरपालिका–८ पोखरेका भारत कार्कीको घरमा आगलागी भएको छ । विद्युत सर्ट भएर आज बिहान कार्कीको घरमा आगो लागेको हो । आगलागीबाट घर जलेर नष्ट भएको छ । घरभित्र रहेका सामान, लत्ताकपडा लगायत पनि जलेर नष्ट भएका छन् । घरसँगै रहेको कुखुरा फर्ममा पनि आगोले क्षति पुर्याएको छ । फर्ममा रहेका करिब १५० कुखुरा जलेका छन् । बिहान ८ बजेबाट लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको स्थानीय ...
देश दौडाहामा खानेपानी मन्त्री राई

देश दौडाहामा खानेपानी मन्त्री राई

विराटनगर । खानेपानीका लागि जनताले भोगिरहेको समस्या बुझेर समाधान खोज्नका लागि खानेपानी मन्त्री राजेन्द्र राई अहिले देश दौडाहामा छन् । जनताका समस्यालाई नजिकबाट प्रत्यक्ष नियालेर समाधानको खोजी गर्न मन्त्री राई जिल्ला–जिल्ला पुगिरहेका छन् । चालु आर्थिक वर्ष सकिन लागेकाले अहिले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रम चलिरहेको छ । बिभिन्न जिल्लावासीले भोगिरहेका खानेपानी समस्याको जटिलतालाई प...
संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको छ्याङकुटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । चिचिलाबाट खाँदबारी आउँदै गरेको प्र. १–०२–००३ त १८८३ नम्बरको ट्याक्टर छ्याङकुटी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक चिचिला–२ का दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चिचिला २ घर भएका सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।
झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ

झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ

विराटनगर । झापाका सहकारीहरूमा चोरी गर्ने छ जना युवा इटहरीबाट पक्राउ परेका छन् । झापाका बिभिन्न स्थानमा रहेका सहकारीमा योजनावद्ध रुपमा चोरी गर्दै आएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सुनिल भनिने २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवा...
माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)

माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)

धनकुटा । धनकुटा नगरपालिका-९ च्याङच्याङवारीस्थित कोशी राजमार्गमा गएराती माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । धनकुटा जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेहरूको उपचार भइरहेको छ । माइक्रोमा चालकसहित २१ जना यात्रु सवार थिए । जसमध्ये एक बाहेक सबै घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट संखुवासभाको खाँदबारीका लागि छुटेको बा.५ ख ७२४ नम्बरको माइक्रोब...
धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटाको मूलघाट नजिक गएराती माइक्रोबस दुर्घटना हुँदा कम्तिमा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तिमा १८ जना यात्रु घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ, गाडीमा सवार अधिकांश यात्रु घ...
विराटनगरमा सुरु भयो मिल्स गोल्डकप

विराटनगरमा सुरु भयो मिल्स गोल्डकप

विराटनगर । विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । एक पक्षीय खेल पस्किएको एपीएफका हरी कार्कीले खेल सुरुवातको ११ औं मिनेटमा गोल गरेर टिमको खाता खोले । ...
जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु, दुलहासहित ३२ घाइते

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु, दुलहासहित ३२ घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुलहासहित ३२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४ स्थित पिस्कर जादै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान करिब ७ः३० बजे सिन्धुपाल्चोकको तौथलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुल्न बाँकी छ । घटनामा दुलहा...
विराटनगरमा एकैपटक १५ जोडीले गरे सामूहिक विवाह

विराटनगरमा एकैपटक १५ जोडीले गरे सामूहिक विवाह

विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको साम...
गैरनाफामूलक बाल अस्पताल बनाउँन सांसद शर्माद्वारा २० लाख सहयोग

गैरनाफामूलक बाल अस्पताल बनाउँन सांसद शर्माद्वारा २० लाख सहयोग

काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई डा.शर्माले सहयोग गरेका हुन् । हेपाली हाइटस्थित निर्माणाधीन अस्पतालमा पुगेर सांसद शर्माले बिहीबार डा.कोइरालालाई २० लाखको चेक हस्तान्तरण गरे । राज्यले गर्नुपर्ने काम डा.कोइर...
हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

धनकुटा । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षे...
error: Content is protected !!