धनकुटाका चारजना धरानमा ३३५ किलो गाँजासहित पक्राउ
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित प्रहरीले धनकुटाका चार जनालाई पक्राउ गरेको छ ।
गाँजाको ओसारपसार भइरहेको भन्ने सूचना पाएको इलाका प्रहरी कार्यालय धरानको टोलीले आज बिहान गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
निगरानीका क्रममा को १ ज १८२१ नम्बरको गाडीलाई रोकेर जाँच गर्दा लुकाएर राखेको अवस्थामा ३३५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
ग...































