सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रद्वारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी, विपन्न २१ परिवारलाई राहत वितरण गरिएको छ । केन्द्रको दशौं स्मृति दिवस अवसरमा बुधबार राहत तथा छात्रवृत्ति वितरण गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत तथा छात्रवृत्ति हस्तान्तरण गरेका थिए । उत्कृष्ट अंकसहित कक्षा ९ बाट १० मा गएका ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

गोकुण्डेश्वर बाल मन्दिरका कक्षा १० का सतिष सुवेदी, गोकुण्डेश्वर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सञ्जीव कार्की र त्रिवेणी माध्यमिक विद्यालयको कक्षा १० की विजया बास्तोला र युगान्सु रिजालले छात्रवृत्ति पाएका हुन् ।

प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख तामाङले उनीहरुलाई जनही १ हजार ५ सयका दरले नगद कदरपत्र वितरण गरे ।

यसैगरी, कार्यक्रममा गरिब, असहाय, एकल महिला तथा फरक क्षमता भएका धनकुटा नगरपालिका–३, ४, ५, ६, ७ र ८ का गरी २१ जनालाई राहत वितरण गरिएको थियो । उनीहरुलाई चामल, दाल, तेल, चिनी, चियापत्ती, मसला, नुन लगायतका खाद्यन्न सामग्री सहयोग गरिएको हो ।

२०७१ सालमा धनशोभा राईको स्मृतिमा उनको परिवारले स्थापना गरेको ७ लाख ३० हजार रुपैयाँको अक्षयकोषबाट हरेक वर्ष आउने ब्याजले विपन्नलाई खाद्यान्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदै आएको संरक्षक विष्णुमाया कन्दङ्वाले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!