संगालोखबर


विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घटना के कारणले भएको भन्नेबारे यकिन भइनसकेको भन्दै उनले अनुसन्धान भइरहेको बताए ।

गएराति गाउँमा चोरी गर्ने समूह आएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् । चोरी गर्ने समूहलाई गाउँलेले थाहा पाएर लखेटेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!