संगालोखबर

विराटनगर । ताप्लेजुङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एकजना बालकको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

Advertisement

पाथीभरा याङबरक गाउँपालिका वडा ४ मा पर्ने डुम्रिसे भन्ने स्थानमा भएको दुर्घटनामा ९ वर्षीय मानस तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी भएको जनाइएको छ । बिहान करिब १० बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

काबेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकृत प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले घटनामा ८ जना घाइते भएको संगालोखबरलाई जानकारी दिए ।

चालकसहित ट्याक्टरमा १० जना रहेकामा एकजनाको मृत्यु, ८ जना घाइते भएको उल्लेख गर्दै उनले घटनालगत्तै चालक भने फरार रहेको बताए । उनको खोजी भइरहेको छ ।

स्थानीय प्रहरी चौकी र जिल्ला सदरमुकामबाट गएको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!