संगालोखबर

धनकुटा । नेकपा (एमाले) धनकुटाको ८ औं जिल्ला अधिवेशन सरेको छ । वैशाख २८ र २९ गते गर्ने भनिएको अधिवेशन अब जेठ १२ र १३ गते हुने तय भएको जनाएको छ ।

Advertisement

धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको ११ औं बैठकले अधिवेशनको मिति तय गरेको हो ।

यसअघि वैशाख २८ र २९ गतेका लागि तोकिएको अधिवेशनको मिति विविध कारणले सार्नु परेको अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक भेषराज कटेलले जानकारी दिए ।

अधिवेशन भव्यताका साथ सम्पन्न गर्न जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। यसैगरी, विभिन्न उपसमितिहरु पनि बनाइएको छ ।

राजनीतिक तथा सांगठनिक प्रतिवेदन मस्यौदा उपसमितिको संयोजकमा अध्यक्ष इन्द्रमणि पराजुली, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा सचिव निरन राई, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा तारा तितुङ, अतिथि सत्कार उपसमितिको संयोजकमा निरेन तामाङ छन् । यसैगरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा उपसचिव शिव आङ्ला, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा फुर्वा तामाङ, प्रचार उपसमितिको संयोजकमा भेषराज कटेल छन् ।

नेकपा एमालेको कार्यलालिका अनुसार गत साता देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन गरिएको थियो । कतिपय जिल्लामा त्यसपछि पनि अधिवेशनहरु धमाधम भइरहेको पार्टीले जनाएको छ ।

केही जिल्लाको अधिवेशन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!