संगालोखबर


विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–५, जमुनामा भएको पिकअप दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

जमुना कच्ची सडकमा प्र–१–०३–००१ च ००६९ नम्बरको पिकअप गएराति दुर्घटना हुँदा इलाम नगरपालिका–५, बरबोटका २३ वर्षे तोया घिमिरे सिकिस्त घाइते भएका थिए ।

Advertisement

प्रहरीका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । मेची राजमार्गमा पर्ने बिब्ल्याँटे भन्ने स्थानबाट जमुनातर्फ गइरहेको पिकअप अनियन्त्रित भइ सडकबाट खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जबेगुका अनुसार दुर्घटनामा गाडी चालक इलाम नगरपालिका–४ का अबिशेक तिवारी घाइते भएका छन् । उनको स्थानीय स्थास्थ्य संस्थामा उपचार गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!