संगालोखबर


विराटनगर । मोरङको ग्रामथान-५ मा टिपरले स्कुटरलाई ठक्कर दिँदा बालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार ग्रामथान-५ बस्ने १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको हो ।

आज साँझ करिब ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

दुर्घटनामा स्कुटर चालक अनुपका बुबा ३५ वर्षीय केशर कार्की घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!