भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक टिम धनकुटा र सल्हेस फुटबल क्लब सिरहा भिड्दै छन् ।  खेल दिउँसो ३ बजेबाट तल्लो टुँडिखेलमा सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । त्यस्तै, दोस्र...
आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

विराटनगर । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्बाङलाई शपथ ग्रहण गराएर प्रतिनिधि सभा सदस्यको लोगो प्रदान गरी सांसदको रूपमा जिम्मेवारी दिने जनाइएको छ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर उनी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रे...
वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ । वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरलाई पूर्व तयारीका विषयमा सोध्यो भने आउने...
माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा...
चट्याङ लागेर झापामा एकजनाको मृत्यु

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

विराटनगर । बारीमा काम गरिरहेका बेला चट्याङले लागेर झापामा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर अर्जुनधारा नगरपालिका–२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो । दिउँसो आफ्नै बारीको मकै खेतीमा मल हालिरहेका बेला परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर सिकिस्त घाइते भएका दुलाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपच...
सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको १६ औँ मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्ब...
मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ । सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो । घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको ...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
मोरङको बाँसबारीमा बस दुर्घटना

मोरङको बाँसबारीमा बस दुर्घटना

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित बाँसवारी नजिक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सिरहाबाट विराटनगर आउँदै गरेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस आज विहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।  घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका...
भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

विराटनगर । भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचाका ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो घरनजिकै झाडीमा लगेर ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गर...
करेन्ट लागेर झापामा नाबालकको मृत्यु

करेन्ट लागेर झापामा नाबालकको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७ का सुनील राजवंशीका १८ महिनाका छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा पानी तान्ने मोटरबाट सोमबार करेन्ट लागेर उनी सिकिस्त घाइते भएका थिए । उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश सरकार अब के हुन्छ ?

कोशी प्रदेश सरकार अब के हुन्छ ?

विराटनगर । कोशी प्रदेश सरकार अहिलेकै कायम रहन्छ वा अर्को सरकार बन्छ भन्ने अझै यकिन छैन । सरकारको अन्योल कायमै रहँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको आ–आफ्नै अडान र धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रदेशसभाले संकल्प प्रस्तावमार्फत् मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा आज मंगलबार सकिँदैछ । मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने र राजीनामा पनि नद...
कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का कमलानन्द मेहता कुनै समय सरकारी नोकरी गर्थे । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहतालाई दशकपछि भने जागिर छाडौँछाडौँ लाग्यो । प्रहरी हबल्दार भइसकेका उनले २०५९ सालमा जागिर छाड्ने निधो गरे । जागिर छाडेर के गर्ने भन्ने योजना पहिले नै बनाइसकेका थिए । त्यसकारण जागिर छाडेपछि के गर्ने भन्ने अन्योल भएन । उनले जागिर छाडेर पुर्खौली पेशा कृषिलाई निरन्त...
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् । विराटनगरमा आज सम्पन्न संघको ३४औं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन् । कार्यसमितिका लागि पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई नेतृत्वमा चयन गरेको हो । अनुपमका हजुरवुवा स्व. आशकरण राठी २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष थिए । त्यस्तै २०४९ सालमा...
ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोमा जलेर आमा छोराको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया पुण्यकुमारी धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको हो । सिद्धिचरण नगरपालिका–१० बाहुनडाँडामा पाखामा डढेलो लाग्दा नजिकै रहेको खर घाँस जोगाउने क्रममा जलेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड...
भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । गोल गर्ने केही अवसरहरु पाए पनि दुवै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हाफको ३१ औँ मिनटमा...
मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । मोरङमा आगामी एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने भएको छ । यसका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भइसकेको छ । उक्त सम्झौता गरेको कोशी एन के मोटर्स प्रालिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने जनाएको हो । कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए । सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पा...
विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण प्रक्रिया सुरु भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रिया सुरु भएको हो । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो । सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बै...
कोशी खेलकुद बोर्डका सदस्य सचिवसँग स्पष्टीकरण माग

कोशी खेलकुद बोर्डका सदस्य सचिवसँग स्पष्टीकरण माग

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ । केही दिनअघि अदालतले पुनर्वहाली गरेपछि बस्नेतले पदभार ग्रहण गरेका थिए । सामाजिक विकासमन्त्री समेत रहेका कोशीका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न हिजो भनेका छन् । बस्नेतमाथि लाभको पदमा बसेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचन आयोगला...
मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला

मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला

विराटनगर । मोरङको लेटाङकी एक महिला काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत अवस्थामा भेटिएकी छन् । लेटाङ नगरपालिका–२ घर भइ बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भण्डारी होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।...
भीमनारायण गोल्डकपः मोरङलाई हराउँदै एपीएफको विजयी सुरूवात

भीमनारायण गोल्डकपः मोरङलाई हराउँदै एपीएफको विजयी सुरूवात

धनकुटा । सशस्त्र प्रहरीको एपीएफ टिमले धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपीएफले फोरस्टार युवा क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरू गरेको हो । हिजो भएको उद्घाटन खेलको दोस्रो मिनटमै एपीएफका सुमन श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्न पुग्यो । हिजो वर्षाका कारण मध्यान्तरसम्म मात्र खेल हुन पाएको थियो । त्यसपछि खेल हुन ...
महासंघ कोशी प्रदेशको गुनासो, ‘आर्थिक कारोबार खुम्चियो’

महासंघ कोशी प्रदेशको गुनासो, ‘आर्थिक कारोबार खुम्चियो’

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आगामी बजेटका सम्बन्धमा सुझाव पेश गरेको छ । अर्थ मन्त्रालयको राजश्व परामर्श समितिलाई महासंघका तर्फबाट सुझाव बुझाइएको हो । महासंघ कोशी प्रदेश समितिका तर्फबाट कर तथा राजश्व समितिका सभापति देवकीनन्दन अग्रवालले ३० बुँदे सुझाव बुझाएका हुन् । उक्त सुझावमा कर, आय कर, मूल्य अभिबृद्धि कर, लेखा परीक्षण, अन्तःशुल्क लगायतका विषयमा विभिन्न बुँदा उल्...
पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो

पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो

विराटनगर । चोरी गर्ने क्रममा एकजना युवकले निलेको एक तोला सुन ३६ घण्टापछि निकालिएको छ । घटना पाँचथरको हो । एउटा घरमा चोरी गर्न गएका उनले सुन निलेका थिए । उक्त सुन ३६ घण्टापछि मलद्वारबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका थिए । घटना गत चैत २८ गतेको भए पनि हालैमात्र बाहिर आएको हो । योङ्या फिदिम–२ स्थित विष्णुकुम...
धनकुटाको भाषा माविमा पोषण चेतना कार्यक्रम

धनकुटाको भाषा माविमा पोषण चेतना कार्यक्रम

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालयमा पोषणसम्बन्धी एकदिने चेतनामूलक कार्यक्रम गरिएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको सहयोगमा आइतबार कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका उपप्रमुख भीमा खनाल गरेकी थिइन् । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले धनकुटा नगरपालिकासँग सहकार्य गरी कार्यक्रमको आयोजना गरेको हो । खानपान गर्न नजानेर धेर...
‘नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम’

‘नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम’

विराटनगर । नेपालमा जनसंख्या वृद्धिदर घटिरहेको पाइएको छ । जनसंख्या वृद्धिदर ८० वर्ष यताकै कम भएको नयाँ तथ्यांक सार्वजनिक भएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जनसंख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेको जनाएको हो । संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कार्यालयले यो जानकारी दिएको हो । त्यस अवसरमा नेपालको जनसंख्याबारे विभिन्न तथ्यांकहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार न...
कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

विराटनगर । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेका कारण देशभर आंशिकदेखि साधारण...
मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

विराटनगर । विराटनगर महानगरपालिकासहित मोरङका पाँच पालिकाहरूले सडक बत्ती बाले बापतको विद्युत महशुल तिर्न आनाकानी गरिरहेका छन् । विभिन्न कारण देखाउँदै महशुल नतिर्दा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लाइन काट्न थालेको छ । विद्युत् प्राधिकरणले बारम्बार महशुल तिर्न ध्यानाकर्षण गराएपनि स्थानीय तहहरू विभिन्न कारण देखाउँदै पन्छिँदै आएका छन् । विराटनगर महानगरपालिकाले मात्रै चैत मसान्त सम...
भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने

भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने

धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच खेल भइरहेको थियो । खेल सुरुवातको दोस्रो मिनेटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, नियमित पानी परिरहेकाले मध्यान्तरपछिको खेल स्थगित गरिएको हो । मध्यान...
भीमनारायण गोल्डकप सुरू, एपीएफलाई एक गोलको अग्रता

भीमनारायण गोल्डकप सुरू, एपीएफलाई एक गोलको अग्रता

धनकुटा । शहिद भीमनारायण श्रेष्ठ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आज सुरु भएको छ । संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठलगायतले रेफ्रीलाई बल दिएर प्रतियोगितको उद्घाटन गरेका थिए । श्रेष्ठसहित प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाली कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई, पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ र जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले सामूहिक रुपमा...
‘वैशाख २५ गतेपछि कोशीको अन्योल हट्छ’

‘वैशाख २५ गतेपछि कोशीको अन्योल हट्छ’

विराटनगर । नेपाली कांग्रेसले वैशाख २५ गतेपछि कोशी प्रदेश सरकारका सम्बन्धमा देखिएको अन्योल हट्ने जनाएको छ । कांग्रेस कोशी संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट आयोजना गरी यस्तो जनाएको । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने भेटघाटका क्रममा जानकारी दिए । संविधानले दिएको बाटो अबलम्बन गरेर जे गर्न सकिन्छ, त्यो गर्ने उनले बताए । ‘वैशाख २५ ग...
error: Content is protected !!