धरानका कोरोना संक्रमितको मृत्यु

धरानका कोरोना संक्रमितको मृत्यु

सुनसरी । कोरोना संक्रमण पुष्टि भएका धरानका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–१५ का ५५ बर्षीय पुरुष छन् । उपचारका क्रममा बिहान ६ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मृगौला सम्बन्धि समस्या र उच्च रक्तचापसमेत थियो ।
२०७७ असोज १९ गते सोमबार/आजको राशिफल

२०७७ असोज १९ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल असोज १९ गते सोमबार ई. सं. २०२० अक्टुवर ५, नेपाल सम्बत ११४० अनालागा तृतीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण तृतीया, चन्द्रमा मेष राशिमा, भरण्ी नक्षत्र, वज्र योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ५:४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर...
धनकुटा प्रहरीको ध्यान अबैध गाँजामा, पुनः तीन हजार बोट नष्ट

धनकुटा प्रहरीको ध्यान अबैध गाँजामा, पुनः तीन हजार बोट नष्ट

धनकुटा । धनकुटामा प्रहरीले अबैध गाँजा खेति फडानीलाई तीब्रता दिएको छ । केही दिन यता नियमित गाँजा फडानी गर्दै आएको प्रहरीले आईतबार पनि सहिदभूमी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका बिभिन्न स्थानमा तीन हजार भन्दा बढी गाँजाका बोट फडानी गरेको छ । सहिदभूमी गाउँपालिका–३ को डाँडा गाउँ, ४ नं. को खैराङ, खोकु शिरान लगायत स्थानमा लगाईएको करिब ११ रोपनी क्षेत्रफलको २ हजार ८ सय ५० बोट गाँजा फडानी गरि नष्ट गरिए...
बुटवलमा मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार, प्रहरीद्वारा हवाई फायर

बुटवलमा मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार, प्रहरीद्वारा हवाई फायर

बुटवल । बुटवलमा आज साँझ प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट बुटवल फर्कदै गर्दा राजमार्ग चौराहमा मुख्यमन्त्री सवार गाडी माथि ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट मुख्यमन्त्री पोखरेल सवार गाडी र अगाडी पछाडी रहेका गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार हुँन थालेपछि प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ । यसैबीच, ढुङ्गा ह...
नेपालको नौलो पुल

नेपालको नौलो पुल

नेपालमै पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट काठमाडौंको बिजुली बजारस्थित धोबी खोला माथि निर्माण गरिएको पुल । यसअघि नेपालमा बनेका पुलमा जस्तो यसमा बीच भागहरुमा पिल्लर प्रयोग गरिएको छैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’ को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिएको छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिएको छ । आर्कलाई ‘अब्युटमेन्ट’ मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना ...
प्रदेश १ मा एकैदिन ३६३ कोरोना संक्रमित निको भए, थप १७५ जनामा संक्रमण

प्रदेश १ मा एकैदिन ३६३ कोरोना संक्रमित निको भए, थप १७५ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा आईतबार १७५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरका ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्...
सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको ईनरुवा–३ स्थित राजमार्ग र कोशी गाँउपालिका–३ नहर चोकबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन । ईनरुवाबाट पक्राउ पर्नेमा सुनसरीको दुहबी–१० का २६ बर्षीय दिपककुमार यादब र हरीनगर–६ का ३४ बर्षीय सहिद मिया छन् । उनीहरुले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाएर राखेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुले लुकाउदै ...
सिरहामा वडाध्यक्षले बलात्कार गरेको भन्दै मुद्दा दर्ता, वडाध्यक्ष फरार

सिरहामा वडाध्यक्षले बलात्कार गरेको भन्दै मुद्दा दर्ता, वडाध्यक्ष फरार

सिरहा । सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी...
धनकुटाका व्यवसायी घिमिरेले महासंघको चुनाबमा उम्मेद्वारी दिने

धनकुटाका व्यवसायी घिमिरेले महासंघको चुनाबमा उम्मेद्वारी दिने

धनकुटा । धनकुटाका व्यवसायी उमेश घिमिरेले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले महासंघको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएका हुन् । महासंघको चिर्वाचन आगामी मंसिर ११ र १२ गतेका लागि तय गरिएको छ । कोरोनाको महामारीका कारण तीन पटकसम्म मिति फेर्दै मंसिरमा निर्वाचन गर्ने तयारी गरिएको हो । सोही ...
मोरङमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मोरङमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

विराटनगर । मोरङको बुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट बुढीगंगा–१ का ४२ बर्षीय कमल प्रसाद तावाहाङको मृत्यु भएको हो । गएराती करिव ९ बजे सडकमा पैदल हिडिरहेका तावाहाङलाई लु. ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा आज विहान करिव १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले...
२०७७ असोज १८ गते आइतबार/आजको राशिफल

२०७७ असोज १८ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल असोज १८ गते आइतबार ई. सं. २०२० अक्टुवर ४, नेपाल सम्बत ११४० अनालागा द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण तृतीया, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, हर्षण योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ५:४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात...
काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं । काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा आफुलाई कोरोना संक्रमण पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । आफ्नो सम्पर्कमा पुगेकाहरुलाई सावधानी अपनाउँन पनि नेता थापाले आग्रह गरेका छन् ।
मोरङको भाउन्नेमा पल्टिँयो बस

मोरङको भाउन्नेमा पल्टिँयो बस

बिराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा शनिवार दिउँसो बस पल्टिँदा चार जना घाईते भएका छन् । धरानबाट काकडभिट्टा जाँदै गरेको को.१ ख.५०७९ नम्बरको बस पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएकाहरुलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल ल्याईएको छ । घाईते मध्ये मोरङको पथरीका रमेश न्यौपानेको अवस्था गंभीर रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बाँ...
धनकुटामा प्रहरीद्वारा गाँजा फडानी

धनकुटामा प्रहरीद्वारा गाँजा फडानी

धनकुटा । प्रहरीले धनकुटा नगरपालिका र सहिदभूमी गाउँपालिकाका बिभिन्न स्थानमा गाँजा खेति फडानी गरेको छ । धनकुटा नगरपालिका–५, ६, ७ र सहिदभूमी–३ मा लगाईएको करिब ४ हजार ४ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक कुमार ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले शनिवार धनकुटाको चुलिबन, जिरोप्वाईन्ट र कर्मिटारमा सडक छेउ, जंगल र खाली जग्गामा रह...
धरानका ९८ सहित प्रदेश १ का २४६ जनामा कोरोना संक्रमण, २८७ डिस्चार्ज

धरानका ९८ सहित प्रदेश १ का २४६ जनामा कोरोना संक्रमण, २८७ डिस्चार्ज

विराटनगर । प्रदेश १ का २४६ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३/३ तथा धनकुटामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसर...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा थापामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि थापाले आफुसँग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउँन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।
धनकुटा बजारको केही क्षेत्रमा आवत जावतमा प्रतिबन्ध, टेलिकम सिल

धनकुटा बजारको केही क्षेत्रमा आवत जावतमा प्रतिबन्ध, टेलिकम सिल

धनकुटा । धनकुटा नगरपालिका–६ मा बस्दै आएका टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा आवत जावतमा प्रतिबन्ध लगाएको छ । प्रशासनले शनिवार सूचना जारी गर्दै टेलिकम आसपास क्षेत्रमा शनिवार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवत जावतमा प्रतिबन्ध लगाएको हो । यता, टेलिकम कार्यालयलाई भने सिल गरिने भएको छ । सरस्वती चौकदेखि दक्षिण, महालक्ष्मी होटलदे...
धरानमा २८ बर्षीय कोरोना संक्रमित युवतीको मृत्यु

धरानमा २८ बर्षीय कोरोना संक्रमित युवतीको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शनिवार बिहान २८ बर्षीय कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । ईनरुवा–४ सुनसरीकी संक्रमित युवतीको बिहान करिब ४ः३० बजे मृत्यु भएको हो । अन्य कुनै दीर्घरोगसमेत नभएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ गते प्रतिष्ठानमा भर्ना भएकी उनको पीसीआर परीक्षण गर्दा सोही दिन रिपोर्ट पोज...
धनकुटामा टेलिकमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

धनकुटामा टेलिकमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

धनकुटा । नेपाल टेलिकम धनकुटामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । टेलिकममा कार्यरत ३४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बिराटनगर घर भएका उनी हाल धनकुटा–६ मा बस्दै आएका छन् । उनले धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएर आफै स्वाब दिएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । य...
बिराटनगरमा कोरोना संक्रमित बृद्धाको मृत्यु

बिराटनगरमा कोरोना संक्रमित बृद्धाको मृत्यु

बिराटनगर । बिराटनगरमा गएराती कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । बिराटनगरस्थित कोभिड–१९ अस्पतालमा उपचारका क्रममा झापाको दमक–७ की ६७ बर्षीया नुशादेवी लुइँटेलको मृत्यु भएको हो । मृतकका भतिज एवं बिराटनगरका पत्रकार कुमार लुइँटेलका अनुसार उनलाई गत शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि बिराटनगरस्थित कोभिड–१९ अस्पताल भर्ना भएकी उनको संक्रमणको एक हप्तापछि गएराती करिब २ बजे म...
२०७७ असोज १७ गते शनिबार/आजको राशिफल

२०७७ असोज १७ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल असोज १७ गते शनिबार ई. सं. २०२० अक्टुवर ३, नेपाल सम्बत ११४० अनालागा द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण द्धितीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्यागात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ५:४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा – तिल मुखमा राखेर जुनस...
धनकुटामा शनिवार बिद्युत अवरुद्ध हुँने

धनकुटामा शनिवार बिद्युत अवरुद्ध हुँने

धनकुटा । धनकुटामा शनिवार (आज) ७ घण्टा बिद्युत अवरुद्ध हुँने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिद्युत अवरुद्ध हुँने भएको हो । बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्र अन्तर्रगत पर्ने भेडेटारदेखि धरान शव स्टेशनसम्मको ३३ के.भी. प्रशारण लाईन वरपरका बाँस, रुख, हाँगा र झाडी कटान गर्न बिद्युत अवरुद्ध गर्न लागिएको प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । सोही समयमा ३३...
मुख्यमन्त्री राई र मन्त्रीहरुबीच काम गर्ने बिषयमा भयो सम्झौता

मुख्यमन्त्री राई र मन्त्रीहरुबीच काम गर्ने बिषयमा भयो सम्झौता

विराटनगर । प्रदेश १ का मन्त्रीहरुले शुक्रबार मुख्यमन्त्री शेरधन राईसँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले काम गर्ने सम्झौता गरेका हुन् । बाँकी मन्त्रीहरुले सोमबार सम्झौता गर्ने कार्यक्रम छ । मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंग...
प्रदेश १ मा १९२ कोरोना संक्रमित थपिए, १६६ डिस्चार्ज

प्रदेश १ मा १९२ कोरोना संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१ र तेह्रथुममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष...
धनकुटाको पात्ले खोलामा बस दुर्घटना

धनकुटाको पात्ले खोलामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ पात्ले खोला नजिक शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको ना.६ ख १९७८ नम्बरको बस दिउँसो करिब २ बजे पात्ले खोला नजिक पल्टिएको हो । बस सडकमा पल्टिँदा एक जना घाईते भएका छन् । घाईते भएका धरान–७ का ४५ बर्षीय सन्देश मोहन चालिसेलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले स...
धरानबाट लागुऔषधसहित दुई जना पक्राउ

धरानबाट लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । धरानको पुरानो बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई छन् । विशेष सुराकका आधारमा गएराती करिब पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कोठाबाट नियन्त्रणमा लिएको हो । कोठामा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन, ४ क्याप्सुल नाईट्रोजन र न...
उर्लावारीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उर्लावारीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको उर्लावारीमा आज ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाईकल चालक उर्लाबारी–९ का २९ बर्षीय देउ कुमार लिम्बुको मृत्यु भएको हो । बिहान करिव साढे ६ बजे उर्लावारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना.४ ख ३४४३ नम्बरको मालवाहक ट्रकले प्र.१–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए । घाईते भएका उनको विएण्...
धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालयका प्रमुखसमेत रहेका शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले भदौको ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो । फरार अपराधि पक्राउ गरेको, बिभिन्न निकायसँग समन्वय गरेर कार्यालय परिषरमा कम्पाउण्ड वाल, ग्यारेज निर्माण गरेको तथा कार्यालय सञ्चालन पूर्ण तवरले व्...
नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

काठमाडौं । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएका...
भेडेटारमा बिद्युतको टावरबाट झर्दा कामदार घाईते

भेडेटारमा बिद्युतको टावरबाट झर्दा कामदार घाईते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा निर्माणाधिन बिद्युत लाईनको टावरबाट झर्दा बिहिबार एक कामदार घाईते भएका छन् । निर्माणाधिन कोशी करिडोरको टावरमा काम गर्ने क्रममा दिउँसो करिब ३ बजे टावरबाट लड्दा भारतको कलकता घर भएका ३३ बर्षीय मोहमद हेसामुदिन घाईते भएका हुन् । पाथीभारा मन्दिर जाने बाटोमा क्यापिटल कम्पनीले निर्माण गर्दै गरेको टावरमा काम गर्ने क्रममा करिब १८ मिटर माथिबाट झर्दा हेसा...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य १०६ रुपैंया, डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंयाँ कायम भएको छ । यो मूल्य बिहीबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएकाले सोही अनुसार मूल्...
error: Content is protected !!