संगालोखबर सम्वाददाता

बुटवल । बुटवलमा आज साँझ प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट बुटवल फर्कदै गर्दा राजमार्ग चौराहमा मुख्यमन्त्री सवार गाडी माथि ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहारबाट मुख्यमन्त्री पोखरेल सवार गाडी र अगाडी पछाडी रहेका गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार हुँन थालेपछि प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ ।

यसैबीच, ढुङ्गा हानेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य बिष्णु पोखरेल, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की र पत्रकार कमला पाण्डे छन् ।

बुटवलबाट प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्ताव पेश भएपछि केही दिन यता बुटवलमा आन्दोलन चर्किएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!